Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

गण्डकी प्रदेश प्रमुख भट्ट अस्वस्थ, निमोनियाका कारण अस्पताल भर्ना

loading views..
Nepal Telcome
पोखरा, फागुन ९ गते। गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्ट अस्वस्थ भएपछि पोखराको ॐ अस्पतालमा भर्ना गरिएको छ। दीर्घरोगी भट्टलाई चिसोका कारण श्वासप्रश्वासमा समस्या देखिएपछि बिहीबार साँझ महेन्द्रपुलस्थित अस्पतालमा भर्ना गरिएको उनका सहयोगी रञ्जन अधिकारीले बताए।अधिकारीका अनुसार, प्रदेश प्रमुख भट्टले स्याङ्जाको सिरुबारीलगायत क्षेत्रको दुईदिने भ्रमण र कैलाली, डोटी तथा डडेलधुरामा एक साताको कार्यक्रममा सहभागिता जनाएर फर्किएपछि चिसोले स्वास्थ्यमा असर गरेको हो। वरिष्ठ छाती रोग विशेषज्ञ डा. सीपी आचार्य नेतृत्वको टोलीले उपचार गरिरहेको छ। डा. आचार्यले खोकीको समस्या लिएर आएका भट्टमा निमोनिया देखिएको र केही दिन निगरानीमा राखेर उपचार गरिने बताए।
यसैबीच, शुक्रबार बिहान पूर्वमुख्यमन्त्री तथा नेकपा एमाले गण्डकी संसदीय दलका नेता खगराज अधिकारीले अस्पताल पुगेर भट्टको स्वास्थ्य अवस्था बुझेका छन्। साथै, एमाले गण्डकी सचिव धनञ्जय दवाडी र नेता माधव बास्तोलाले पनि भेटेर शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link