Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

झापाबाट माओवादीको तराई मधेस जागरण अभियान सुरु

loading views..
Nepal Telcome

झापा, १२ फागुन । नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादी तराई मधेस जागरण अभियान’को उद्घाटन गरेको छ। झापाको कचनकवल गाउँपालिकास्थित हुकाहुकी चोकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अभियानको शुभारम्भ गर्नुभयो।
झापाबाट सुरु भएको यो अभियान चैत ७ गते कञ्चनपुरमा पुगेर समापन हुनेछ। अभियानमा अध्यक्षदेखि उपमहासचिवसम्मका केन्द्रीय नेताहरूसहित प्रदेश, जिल्ला र पालिकास्तरका नेता–कार्यकर्ता सहभागी हुनेछन्। केन्द्रीय टोली एक जिल्लामा एक दिन रहनेछ भने स्थानीय टोली एक महिनासम्म सक्रिय रहनेछ।
गत पुस २१–२३ मा बसेको केन्द्रीय समिति बैठकको निर्णयअनुसार सुरु भएको यो अभियानपछि वैशाखमा मध्यपहाडी लोकमार्ग केन्द्रित ‘जनतासँग माओवादी पूर्वपश्चिम जागरण अभियान’ सञ्चालन हुने बताइएको छ।
अभियानले प्रदेश नं. १, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरू समेट्नेछ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link