Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

लेखक चूडामणि गौतमको निधन : नेपाली भाषा र साहित्यमा ठूलो क्षति

loading views..
Nepal Telcome

पोखरा,फागुन १३ गते । प्रख्यात लेखक चूडामणि गौतमको निधन भएको छ । ८२ वर्षको उमेरमा उनको सोमबार काठमाडौँमा मृत्य भएको हो । फोक्सोमा पानी जमेपछि उनी दुई सातादेखि मेडासिटी अस्पतालमा उपचार गराइरहेका थिए । उपचारकै दौरान उनको निधन भएको हो ।

तेह्रथुमको खाम्लालुङमा जन्मिएका गौतम ‘ग्रामर’ नामले परिचित थिए । उनले लेखेको अङ्ग्रेजी ग्रामर सन् २०३७ मा प्रकाशित भएको थियो । उनको पछिल्लो कृति ‘बृहत्तर नेपाली शब्दकोश’ हो ।
गौतमले ‘गौतम एड्भान्स्ड लर्नर्स डिक्सनरी’ (१४ सय पृष्ठ), ‘नेपाली–इङ्गलिस डिक्सनरी’, ‘राम्रो अङ्ग्रेजी बोलचाल अभ्यास’, ‘गौतम व्यावहारिक नेपाली शब्दकोश’, ‘विवादित वर्णविन्यासको नेपाली शब्दकोश’, ‘नेपाली शब्दको दुर्दशा’, ‘फुलको माला क्या मज्जा’, ‘नेपाली शुद्धाशुद्धि ज्ञान’, ‘नेपाली व्याकरण तथा रचना’ र ‘विद्यालयको नेपाली शब्दकोश’ जस्ता भाषासँग सम्बन्धित महत्त्वपूर्ण पुस्तकहरू लेखेका छन् ।
tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link