Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

शहिदलखनमा निःशुल्क आँखा र दन्त सेवा शिविर सुरु, पहिलो दिन ४५ जनाको शल्यक्रिया

loading views..
Nepal Telcome

शहिदलखन गोरखा, फागुन १६ गते। मल्टिडिस्प्लेनरी डेन्टिस्टी र रोटरी क्लब अफ पाटन साउथको प्राविधिक सहयोगमा आजदेखि शहिदलखन गाउँपालिकामा निःशुल्क आँखा तथा दन्त सेवा शिविर सुरु भएको छ। शिविरको उद्घाटन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगरले गर्नुभएको हो।
शिविरको पहिलो दिन आँखाका ४५ जना बिरामीको शल्यक्रिया सम्पन्न भएको छ। आयोजक विद्यार्थी समाजका समन्वयकर्ता परशुराम पन्तका अनुसार २३० जनाको आँखा परीक्षण र २०२ जना दाँतका बिरामीको उपचार गरिएको छ। शहिदलखन र गण्डकी गाउँपालिकाका नागरिकहरूले यो शिविरबाट सेवा लिएका छन्। यसअघि लायन्स क्लब अफ गोरखाले आँखाका बिरामीहरूको स्क्रिनिङ गरेको थियो।
गाउँमै सेवा पाउँदा स्थानीय खुशी भएका छन्। आँखाको शल्यक्रिया गराएर आराम गरिरहेकी बुँकोटकी ८० वर्षीया जुनुमाया श्रेष्ठले भन्नुभयो, “गाउँमै यस्तो सेवा पाउँदा निकै खुशी लागेको छ।” गाउँपालिकाले बिरामीहरूलाई गाउँ-गाउँबाट ल्याउने व्यवस्था गर्नुका साथै पालिकाको अस्पतालमा खाना र बासको प्रबन्ध गरेको प्रमुख प्रशासकीय अधिकृत मगरले जानकारी दिनुभयो।
उद्घाटन कार्यक्रम विद्यार्थी समाजका अध्यक्ष गोपालबाबु श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा वडा नम्बर ६ का अध्यक्ष दिलिप थापा मगर, आँखा विशेषज्ञ डा. प्रगति गौतम, डा. सुदिन शाक्य र डा. अस्विन श्रेष्ठले शिविरमा प्रदान गरिने सेवाबारे जानकारी दिनुभएको थियो। उद्घाटन सत्रको सञ्चालन गाउँपालिका स्वास्थ्य शाखा प्रमुख विरेन्द्र श्रेष्ठले गर्नुभएको थियो।

 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link