Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

पोखरामा ११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रूपमा सम्पन्न

loading views..
Nepal Telcome

पोखरा,फागुन २४ गते। महिला संगठन, नेपाल जिल्ला समिति कास्कीको आयोजनामा ११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको कार्यक्रम पोखराको सिर्जना चोकस्थित ७ नं क्षेत्रीय ब्युरो कार्यालयमा भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालकी केन्द्रीय सदस्य तथा क्रान्तिकारी महिला संगठन, नेपाल ७ नं क्षेत्रीय ब्युरोकी इन्चार्ज क. शुसिला थापा (रेणु) ले अन्तर्राष्ट्रिय महिला दिवसको ऐतिहासिक पृष्ठभूमि र नेपाली महिलाको संघर्षबारे चर्चा गर्दै ऐतिहासिक जनयुद्धमा महिलाको भूमिकालाई विशेष रूपमा स्मरण गरिन्। उनले नेपाल प्रहरी तथा सेनामा महिलाको समान सहभागिता सुनिश्चित हुनुमा जनयुद्धमा होमिएका महिलाको महत्त्वपूर्ण योगदान रहेको बताइन्।

कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सल्लाहकार क. रामजी थापा ले अन्तर्राष्ट्रिय महिला दिवसको इतिहास उल्लेख गर्दै नेपालमा महिलाले अझै पनि पूर्ण हक र अधिकार प्राप्त गर्न नसकेको धारणा व्यक्त गरे। ३३% प्रतिनिधित्व सुनिश्चित गरिए पनि व्यावहारिक रूपमा महिलाले अधिकार प्रयोग गर्न कठिनाइ भोग्नुपरेको उनले बताए।

त्यस्तै, केन्द्रीय सदस्य तथा कास्की जिल्ला सेक्रेटरी क. विक्रम थापा ले आन्दोलनमा महिलाको योगदानबारे चर्चा गरे। अन्य वक्ताहरूमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका वैकल्पिक केन्द्रीय सदस्य क. भीम श्रीस, जिल्ला सचिवालय सदस्य क. काजीबाबु श्रेष्ठ, अखिल (क्रान्तिकारी) ७ नं ब्युरो संयोजक क. लक्ष्मण विक, जिल्ला सदस्य क. बालकृष्ण अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रमको प्रारम्भमा ज्ञात/अज्ञात सहिदहरू प्रति १ मिनेट मौनधारण गरिएको थियो। कार्यक्रममा महिला नेतृ क. विष्णु अधिकारी ले स्वागत मन्तव्य दिएकी थिइन् भने सञ्चालन महिला नेतृ क. सीता परियार ले गरेकी थिइन्। कार्यक्रमको अध्यक्षता क्रान्तिकारी महिला संगठन, नेपाल ७ नं ब्युरो संयोजक क. उर्मिला श्रीस ले गरेकी थिइन्।

कार्यक्रममा सहभागीहरूले महिलाको हक, अधिकार, समानता र सशक्तीकरणका लागि निरन्तर संघर्ष जारी राख्नुपर्ने प्रतिबद्धता व्यक्त गरे।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link