Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

बिमा रकमका लागि आफ्नै पसलमा आगो लगाउने व्यवसायी पक्राउ

loading views..
Nepal Telcome

पोखरा, फागुन २६ गते। कास्कीको पोखरामा बिमा रकम हात पार्न आफ्नै पसलमा आगो लगाएको आरोपमा एक व्यवसायी पक्राउ परेका छन्। पोखरा महानगरपालिका–८ न्युरोडस्थित शर्मा आईटी हब का सञ्चालक रमेश शर्मा लोहारले आफ्नो पसलमा आगो लगाएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

फागुन १६ गते ब्लक र टिनको टहरामा रहेको पसलमा आगलागी भएपछि शर्मा फागुन १९ गते शिखर इन्स्योरेन्स कम्पनी पुगेर बिमा रकम दाबी गर्न गएका थिए। उनले मोबाइल चार्जमा राखेर बाथरुम गएका बेला विस्फोटको आवाज आएपछि आगलागी भएको बताएका थिए। तर, कास्की प्रहरीको अनुसन्धानले घटनाको वास्तविकता फरक रहेको देखाएको छ।

प्रहरीका अनुसार, शर्माले पुस महिनामा मात्र नयाँ पसल सञ्चालनमा ल्याएका थिए। उनले मासिक ३५ हजार रुपैयाँ तिरेर सटर भाडामा लिएका थिए। पसलमा दुई जना कर्मचारी थिए, तर आगलागीको दिन दुवै जना बिदामा रहेका थिए। साथै, घटनाको दुई दिनअघि देखि नै पसल बन्द रहेको खुलेको छ, जसले प्रहरीको शंका बढायो।

शर्माले आफ्नो ९४ लाख रुपैयाँको क्षति भएको दाबी गर्दै बिमा कम्पनीमा निवेदन दिएका थिए। उनले पसल खोलेको अर्को महिनामै, अर्थात् माघमा, एक करोड रुपैयाँको बिमा गरेका थिए।

प्रहरीले शर्मालाई फागुन २३ गते पक्राउ गरी अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको छ। उनलाई आपराधिक प्रवेश तथा आपराधिक उपद्रवसम्बन्धी कसूरमा मुद्दा चलाइएको छ। प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गरेको हो।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link