Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

अखिल (क्रान्तिकारी) कास्कीको चेतावनी

loading views..
Nepal Telcome

शरणसिंह बिश्वकर्मा/पोखरा,फागुन २९ गते। अखिल (क्रान्तिकारी) जिल्ला समिति कास्कीले स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका सम्बन्धमा फैलिएका विभिन्न हल्लाबारे आधिकारिक धारणा सार्वजनिक गरेको छ।

विज्ञप्ति मार्फत संगठनले पृथ्वीनारायण क्याम्पस पोखरामा आफ्नो आधिकारिक गठबन्धन नरहेको प्रष्ट पारेको छ। साथै, केही व्यक्तिहरूले संगठनको लेटरप्याड र हस्ताक्षर दुरुपयोग गर्दै गलत प्रचार गरिरहेको भन्दै आपत्ति जनाएको छ। संगठनले विगतदेखि नै अराजक गतिविधि गर्ने केही व्यक्तिहरूलाई कारबाही गर्दै साधारण सदस्यसमेत नरहने निर्णय गरिएको बताएको छ।

विज्ञप्तिमा भनिएको छ, “हाम्रो संगठनको आधिकारिक निर्णयबिना गठबन्धनको भ्रम सिर्जना गर्ने कुनै पनि कार्य अमान्य छ।” साथै, विद्यार्थीहरूलाई यस्ता भ्रममा नपर्न आग्रह गरिएको छ।

त्यस्तै, जनप्रिय बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका लागि चलेका गठबन्धन चर्चासम्बन्धी संगठनले स्पष्टिकरण दिएको छ। अनेरास्ववियु (क्रान्तिकारी) कास्कीका अध्यक्ष क. लेलिन सुवेदी (सुमन) द्वारा हस्ताक्षरित विज्ञप्तिमा जनप्रिय बहुमुखी क्याम्पसमा संगठनको आधिकारिक उम्मेदवार सुदीप बराल रहेको उल्लेख गरिएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link