Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

नेपाल प्रहरीको नयाँ महानिरीक्षकमा दीपक थापा नियुक्त

loading views..
Nepal Telcome

काठमाडौं,चैत्र ५गते। एआइजी दिपक थापा नेपाल प्रहरीको ३१औँ प्रहरी महानिरीक्षक (आईजिपी) मा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई प्रहरी प्रमुख बनाउने निर्णय गरेको हो।

थापासँगै प्रहरी प्रशिक्षण प्रतिष्ठान प्रमुख सुदीप गिरी र उपत्यका प्रहरी कार्यालय प्रमुख टेकबहादुर तामाङ पनि आईजिपी दौडमा थिए, तर थापाले प्रतिस्पर्धीहरूलाई पछि पार्दै नेतृत्व सम्हाल्ने अवसर पाए।

थापा फिल्ड कमान्ड र अपरेसनमा अनुभवी अधिकृतको रूपमा परिचित छन्। उनले द्वन्द्वकालमा रुकुम पूर्वको इलाका प्रहरी कार्यालयमा रहेर सेवा गरेका थिए। विभिन्न जिल्लाहरूमा डिएसपी, एसपी, डिआईजी हुँदै उनी २०७९ सालमा एआइजी बनेका थिए।

नयाँ आईजिपीका रूपमा थापाले प्रहरी संगठनको सुधार, कानूनी शासनको प्रवर्द्धन र आपराधिक गतिविधिहरू नियन्त्रणलाई प्राथमिकता दिने बताइएको छ।

 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link