Skip to content
Pokharapress Logo
३१ जेष्ठ २०८३, आईतवार

प्रधानमन्त्री ओलीको चेतावनी: “प्रतिपक्षले जथाभावी नबोलोस्”

loading views..
Nepal Telcome

काठमाडौं, चैत्र १४ गते।  प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सम्बन्धमा जथाभावी नबोल्न प्रतिपक्षलाई चेतावनी दिएका छन्। संसदमा कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरिएको विषयमा प्रतिपक्षले प्रश्न उठाइरहेको बेला उनले यो प्रतिक्रिया दिएका हुन्।

एमाले निकट युवा संघले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले प्रतिपक्षलाई सस्तो र उत्ताउलो व्यवहार नगर्न आग्रह गरे। “म प्रतिपक्षलाई आग्रह गर्न चाहन्छु – यति सस्तो, यति हलुका, यति उत्ताउलो नहुनुस्। प्रधानमन्त्रीबारे जथाभावी नबोल्नुस्,” ओलीले भने। उनले प्रतिपक्षी दलहरूको पृष्ठभूमि सबैलाई थाहा भएको भन्दै व्यंग्य पनि गरे।

“के गर्न हिँड्नुभएको थियो, कता हिँड्नुभएको थियो, कहाँ आइपुग्नुभयो, त्यो देखिएको छ। कोही चिहानबाट नली खुट्टाका हाड निकालेर फेरि लगाउँदै हिँड्नुभएको छ। आफ्ना असफलताका कुण्ठा छर्ने थलो संसद बनाउनुहुन्छ?” ओलीले प्रश्न गरे।

संसद अवरोध र ओलीको प्रतिक्रिया

प्रतिपक्षी दलहरूले घिसिङको बर्खास्तीविरुद्ध संघीय संसदका दुवै सदन अवरुद्ध गरिरहेका छन्। यसै सन्दर्भमा ओलीले संसद अवरोधको शैलीप्रति असन्तुष्टि जनाउँदै भने, “यस्ता क्रियाकलाप नगर्दा राम्रो हुन्छ। के-के न ठूलो अपराध भएको जस्तो व्यवहार नगरौं। मैले सुनेको कुरा असत्य होस्। कुनै महान भ्रष्टाचार भएको जस्तो प्रचार नगरौं। नत्र परिणाम गम्भीर हुन सक्छ।”

संसद अवरोधबारे उनले थपे, “म चाहन्नँ भन्न, तर चिसै पानीले नुहाउनुस्।”

 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link