Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

पोखरा समाज जापानद्वारा टोकियोको उएनो पार्कमा हानामी तथा पोखरा पर्यटन प्रवर्द्दन कार्यक्रम सम्पन्न

loading views..
Nepal Telcome

टोकियो। कास्की पोखरा समाज जापान ले जापानको राजधानि टोकियोमा अवस्थित उएनो पार्कमा २०२५ को लागि ‘हानामी तथा पोखरा पर्यटन वर्ष प्रवर्द्दन तथा प्रचात्मक कार्यक्रम आयोजना गरेको थियो। सस्थाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक मनोज तिवारीको संयोजकत्वमा भयको कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका नगर प्रमुख धनराज आचार्यले अनलाईनबाट गर्नुभयको थियो भने, विशेष अतिथि थकाली समाज जापानका अध्यक्ष बुद्धि गौचन र अथितीहरुमा सस्थाका पूर्व अध्यक्षहरू, सम्ंरक्षक ज्युहरू सल्लाकारहरू र छिमेकी जिल्ला स्याङ्जाका स्याङ्जा सहयोग समाज आईसिसी का अध्यक्ष विरेन्द्र जंग क्षत्री र उपाध्यक्ष मिन क्षत्री अन्य अतिथिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा कास्की पोखरा समाज जापानले जापानमा बस्ने नेपालीहरू मात्र नभई, जापानमा बस्ने सबै जनसमुदायलाई कास्की र पोखराको पर्यटन प्रवर्द्दनमा संलग्न गराउने उद्देश्य राखेको थियो। जापानीहरूलाई पनि नेपालमा भ्रमण गर्न प्रोत्साहित गर्ने लक्ष्यसहित कार्यक्रमलाई आयोजना गरिएको थियो।प्रमुख अतिथि धनराज आचार्यले ज्युले पोखरा भ्रमण बर्ष
लक्षित कार्यक्रम गरेकोमा खुसि ब्यक्त गर्नुभयको थियो ।भ्रमण बर्षलाई सफल बनाउन संसार भरिका पोखरेलीहरु एक हुनुपर्ने र आफुले जे सकिन्छ त्यहि कुराले सहयोग गरेर जन्मभूमि लाई माया गर्नुपर्ने बताउनु भयको थियो ।त्यस्तै गरि विशेष अथिती बुद्दि गौचनले कास्की पोखरा समाज जापानले गर्ने कुनै पनि कार्यक्रममा हातेमालो गर्दै सबै किसीमका सहयोग गर्ने र अगाडि बढ्न हौसला प्रदान गर्नुभयको थियो ।
विशेष अतिथि एन आर एन ए जापानका अध्यक्ष नविन न्युरेले पोखरा सहर अघोषित सदाबहार पर्यटन वर्ष रहेको चर्चा गर्नु भयो
सस्थाका अध्यक्ष कमल बास्तोलाले कार्यक्रमका बारेमा स्पस्ट पार्दै जापानीजहरु लाई नेपाल घुम्न जान प्रेरित गर्नुपर्ने बताउनु भयको थियो ।

कार्यक्रम संचालक महासचिव जीवन पोखरेल कन्चनले “कास्की पोखरा समाज जापानले आजको कार्यक्रम जापानमा मात्र नभई, विश्वभर चर्चा परिचर्चा हुने गरि आयोजना गरिएको र सबै देशहरुमा अब यस्तै प्रकृतिका कार्यक्रम हुने बिस्वास गर्नुभयको थियो ।
कार्यक्रमका संयोजक मनोज तिवारीले उपस्थित सबैजनालाई धन्यवाद व्यक्त गर्दै हाम्रो उद्देश्य जापानमा रहेका सबैलाई नेपाल भ्रमण गर्न प्रोत्साहित गर्नु हो भन्नुभएको थियो ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link