Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

अजिरकोट गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

loading views..
Nepal Telcome

डिबी तामाङ / गोरखा,चैत्र २३गते। गोरखाको अजिरकोट गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। गाउँपालिकाको आयोजनामा शुक्रबार वडा नं ४ स्थित सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा पालिकाका अध्यक्ष दिपक देवकोटाले स्थानीय सरकार जनताको घरआँगनमै हुने सरकार भएको भन्दै सेवा प्रवाहमा पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा राखिएको बताए। “हामी सधैं जनताको सेवामा छौं, हामी घुस खाँदैनौं, खान पनि दिँदैनौं,” अध्यक्ष देवकोटाले स्पष्ट पार्नुभयो।

उहाँले हाल गाउँमा बढ्दो बेरोजगारी र बसाइँसराइको समस्याप्रति चिन्ता व्यक्त गर्दै, यसको रोकथामका लागि गाउँपालिका प्रतिबद्ध रहेको बताए। किसानहरूलाई ५०% अनुदान तथा सीप र क्षमताअनुसार जो कोही काम गर्न चाहनेलाई गाउँपालिकाले सधैं सहयोग गर्ने विश्वास पनि दिलाउनुभयो।

कार्यक्रममा सहभागी स्थानीयहरूले वैदेशिक रोजगारीमा गएकाहरूलाई स्वदेश फर्काउने योजना, कृषिमा बढ्दो यान्त्रीकरणको समस्या, जग्गा वर्गीकरणको अवस्था तथा उपभोक्ता समूहलाई भुक्तानी लिनमा भइरहेको समस्या लगायतका जिज्ञासा राखेका थिए। ती जिज्ञासाहरूको जवाफ सम्बन्धित शाखा प्रमुखहरूले दिएका थिए।

सुनुवाइ कार्यक्रममा वडा नं ४ का वडा अध्यक्ष जङ्ग बहादुर गुरुङ, प्रमुख प्रशासनिक अधिकृत रचना बुढाथोकी र गाउँपालिकाकी उपाध्यक्ष अनिता भुजेलले शुभकामना मन्तव्य राख्दै कार्यक्रमको सफलताको कामना गरेकी थिइन।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link