Skip to content
Pokharapress Logo
१३ कार्तिक २०८३, शुक्रबार

कास्की पोखरा समाज जापानको निगाता क्षेत्रीय अधिवेशन भव्य रूपमा सम्पन्न

loading views..
Nepal Telcome
नदीपुर दुध

निगाता, जापान ६ अप्रिल। कास्की पोखरा समाज जापानको निगाता क्षेत्रीय अधिवेशन आज एक भव्य समारोहका साथ सफलतापूर्वक सम्पन्न भएको छ। निगातामा बसोबास गर्ने कास्कीवासी नेपालीहरूलाई एकताबद्ध गर्ने उद्देश्यले आयोजना गरिएको यो अधिवेशनले समुदायमा संगठनात्मक सशक्तिकरणको नयाँ युगको थालनी गरेको सहभागीहरूले बताएका छन्।

कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष बिश्व सुबेदी प्रमुख अतिथिको रूपमा तथा निबर्तमान अध्यक्ष सन्देश अधिकारी विशेष अतिथिका रूपमा सहभागी भएका थिए। त्यसैगरी वर्तमान अध्यक्ष कमल बास्तोला, उपाध्यक्ष मनोज तिवारी र उपाध्यक्ष दीपक सुनारको पनि गरिमामय उपस्थिति रहेको थियो।

अधिवेशनमा उल्लेख्य संख्यामा निगातामा बसोबास गर्ने कास्कीका नेपालीहरूको उत्साहजनक उपस्थिति रहेको थियो। सो अवसरमा ११ सदस्यीय क्षेत्रीय समिति गठन गरिएको छ, जसको संयोजकमा खडक राज सुनार चयन हुनुभएको छ।

नयाँ कार्यसमिति निम्नानुसार रहेको छ:

कार्यसमिति:
संयोजक: खडक राज सुनार
उपसंयोजक: रविन्द्र घताने,
साबित्रि कुमारी सुनार
सचिव: अनिल सुनार
सह–सचिव: आशा सुनार
कोषाध्यक्ष: सन्दीप बि.क

सदस्यहरू:
बिकाश के.सी
मिलन अधिकारी
गज बहादुर गुरुङ
सन्दीप बि.क
किरण सुनार
प्रिया नेपाली
अस्मिता बि.क
कार्यक्रमका वक्ताहरूले अधिवेशनलाई निगातामा रहेका नेपालीहरूबीच एकता र सहकार्यको सन्देश फैलाउने ऐतिहासिक अवसरको रूपमा व्याख्या गरे। नवगठित समितिले आगामी दिनहरूमा विभिन्न सांस्कृतिक, सामाजिक र सहयोगमूलक कार्यक्रमहरू सञ्चालन गर्दै प्रवासी नेपाली समुदायलाई अझ सशक्त र संगठित बनाउने प्रतिवद्धता जनाएको छ।

अधिवेशनमार्फत कास्की पोखरा समाज जापानले आफ्नो संगठनात्मक दायरा थप विस्तार गर्दै, विदेशमा रहेका नेपालीहरूलाई एकताको सूत्रमा बाँध्ने महत्वपूर्ण पहल गरेको विश्लेषण गरिएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link