Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

खाब्दी भन्ज्याङ टोल विकास संस्था पुनर्गठित

loading views..
Nepal Telcome

गोरखा,चैत्र ३० गते। शहीद लखन गाउँपालिका गाउँ कार्यपालिकाको नयाँ कार्यविधि अनुसार वडा नं. ७ बुङकोट स्थित खाब्दी भन्ज्याङ बजार क्षेत्र टोल विकास संस्था आज एक कार्यक्रमका बीच पुनर्गठन भएको छ।
जित बहादुर बि.क.को अध्यक्षतामा गठित नयाँ ९ सदस्यीय टोल विकास संस्थामा स्थानीय बासिन्दाहरूको सक्रिय सहभागिता रहेको थियो।
शहीद लखन गाउँपालिकाले नवगठित कार्यसमितिलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ। गाउँपालिकाले टोल विकास संस्थाको पुनर्गठनले स्थानीय स्तरमा विकास निर्माणका कार्यहरूलाई अगाडि बढाउन र समुदायको सहभागितालाई सुनिश्चित गर्न मद्दत पुग्ने विश्वास लिएको छ।
कार्यक्रममा बोल्दै अध्यक्ष जित बहादुर बि.क.ले टोल विकास संस्थाले बजार क्षेत्रको विकास र स्थानीय समस्याहरूको समाधानका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले सबै स्थानीय बासिन्दाहरूलाई टोल विकास संस्थाको कार्यमा सहयोग गर्न आग्रह गरे।
शहीद लखन गाउँपालिकाले स्थानीय स्तरमा टोल विकास संस्थाहरूलाई सक्रिय बनाउँदै विकास प्रक्रियामा नागरिकहरूको सहभागितालाई प्रोत्साहन गर्दै आइरहेको छ। नयाँ कार्यविधि अनुसार टोल विकास संस्थाहरूलाई थप अधिकार र जिम्मेवारी प्रदान गरिएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link