Skip to content
Pokharapress Logo
२८ असार २०८३, आईतवार

राष्ट्रिय राजनीतिक परिस्थिति र अबको विकल्प विषयक अन्तरक्रिया सम्पन्न

loading views..
Nepal Telcome

बैशाख ६, पोखरा। क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, कास्कीको आयोजनामा शुक्रबार पोखरामा “राष्ट्रिय राजनीतिक परिस्थिति र अबको विकल्प” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य कृष्णराज पौडेलले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो। प्रस्तुत कार्यपत्रमाथि वाम बुद्धिजीवी रामराज रेग्मीले टिप्पणी गर्नु भयो।

त्यस अवसरमा कार्यपत्रका सन्दर्भमा मार्क्सवादी अध्ययन स्रोत केन्द्र पोखराका अध्यक्ष झलकपाणी तिवारी, नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य टिकाराम पौडेल, नेकपा (बहुमत) का पोलिटब्युरो सदस्य प्रेम चलाउने तथा अखिल नेपाल लेखक संघका केन्द्रीय उपाध्यक्ष नारायण मरासिनिले आ–आफ्ना धारणा राख्नु भएको थियो।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link