Skip to content
Pokharapress Logo
७ बैशाख २०८३, सोमबार

धादिङको आदमघाटमा सडक विस्तारको कार्य, बाटो एकतर्फी रूपमा सञ्चालन

loading views..
Nepal Telcome

धादिङ, वैशाख ८ गते  धादिङ जिल्लाको गजुरी गाउँपालिका वडा नं. ६ स्थित आदमघाट क्षेत्रको पृथ्वीलोकमार्ग सडकखण्डमा सडक विस्तारको कार्य आज बिहानदेखि सुरु भएको छ।

प्राप्त जानकारीअनुसार मिति २०८२ साल वैशाख ८ गते बिहान ७:४५ बजेदेखि बेलुका ६:०० बजे (१८:००) सम्म सो क्षेत्रमा सवबेस हाल्ने, ग्रेडर चलाउने र पिच गर्ने कार्य भैरहेको छ।

सडक विस्तारको कार्य प्रभावकारी रुपमा सम्पन्न गर्नका लागि सो अवधिमा सडक एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ। यद्यपि, कामको प्रकृतिअनुसार कुनै–कुनै समयमा क्षणिक रूपमा दुईतर्फी सवारी आवागमन रोक्नुपर्ने अवस्था आउने हुनाले यात्रु तथा सवारी चालकहरूलाई आवश्यक सतर्कता अपनाउन सम्बन्धित निकायले अनुरोध गरेका छन्।

सडक विस्तारले गर्दा आगामी दिनहरूमा सवारीसाधन सञ्चालनमा थप सहजता आउने अपेक्षा गरिएको छ। यात्रुहरूलाई असुविधा नहोस् भन्ने हेतुले ट्राफिक प्रहरी तथा निर्माण टोलीले समन्वयमा काम गरिरहेका छन्।

 

 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link