Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

चनौटे–भच्चेक सडक कालोपत्रे हुँदै, अध्यक्ष देवकोटाको चुनावी प्रतिबद्धता कार्यान्वयनको चरणमा

loading views..
Nepal Telcome

गोरखा,बैशाख ८ गते। गण्डकी प्रदेशअन्तर्गत रहेको चनौटे–भच्चेक सडक अब कालोपत्रे हुने भएको छ। प्रदेश सरकारबाट आवश्यक बजेट विनियोजन भएसँगै हाल सडक निर्माणका लागि ठेक्का प्रक्रिया सुरु गरिएको छ। यससँगै अजिरकोट गाउँपालिका अध्यक्ष दीपक देवकोटाको प्रमुख चुनावी प्रतिबद्धता कार्यान्वयनको चरणमा प्रवेश गरेको छ।

स्थानीय तहको निर्वाचन २०७९ सालमा अध्यक्ष देवकोटाले यो सडकलाई पहिलो प्राथमिकतामा राख्ने घोषणा गरेका थिए। ‘भौतिक पूर्वाधार विकास बिना समृद्धि सम्भव छैन। चनौटे–भच्चेक सडक मेरो कार्यकालमै कालोपत्रे बनाउने छु,’ उनले चुनावी सभाहरूमा स्पष्ट रूपमा बताएका थिए।

निर्वाचनपछिका विभिन्न सार्वजनिक कार्यक्रमहरू, गाउँ सभा तथा विकास योजना तय गर्ने बैठकहरूमा पनि उनले यस सडकको महत्त्व उल्लेख गर्दै आएका थिए। हाल ठेक्का प्रक्रिया सुरु भएसँगै यो योजना व्यवहारमा आउन थालेको छ, जसले स्थानीय बासिन्दामा आशा र उत्साह थपेको छ।

सडक कालोपत्रे भएपछि अजिरकोट गाउँपालिकाभित्रको यातायात सुविधा थप सहज हुने विश्वास गरिएको छ। स्थानीय व्यवसाय, पर्यटन र सेवा प्रवाहमा पनि प्रत्यक्ष प्रभाव पर्ने अपेक्षा गरिएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link