Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

अध्यक्ष प्रचण्ड गोरखामा: सहिद परिवारसँग भेटघाट

भूकम्प स्मृति कार्यक्रममा सहभागी हुने

loading views..
Nepal Telcome

गोरखा, वैशाख ११ गते। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गोरखा नगरपालिका–१२, कुन्दुटारस्थित १० किलोमा आइपुगेका छन्।

गोरखा आगमनसँगै अध्यक्ष प्रचण्डले सहिद तथा बेपत्ता परिवारहरूसँग भेटघाट गरेका छन्। सो अवसरमा उनले सहिद भिष्म कुमालको निवासमा पुगेर खाना खाएका थिए।
यही क्षेत्रबाट निर्वाचित भएका प्रचण्डले चुनाबी अभियानमा गरेका बाचाहरु स्मरणीय नै छन्।

उनी भोलि, वैशाख १२ गते, २०७२ सालमा गएको विनाशकारी भूकम्पको स्मृतिमा बारपाकमा आयोजना हुने विशेष कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ। यो कार्यक्रम विनाशकारी भूकम्पको १० वर्ष पुगेको स्मरणमा आयोजना गरिएको हो।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link