Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

बारपाकमा प्रचण्डको भव्य स्वागत, जनतामा उत्साहको माहोल

loading views..
Nepal Telcome

गोरखा, वैशाख ११ गते। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गोरखा जिल्लाको बारपाकमा आइपुगेका छन्। आफ्नो प्रतिनिधि सभा निर्वाचन क्षेत्रअन्तर्गत पर्ने बारपाकमा उनको भव्य स्वागत गरिएको छ।

भूकम्प केन्द्रविन्दुका रूपमा चिनिने बारपाकमा प्रचण्डको आगमनसँगै स्थानीय जनतामा उत्साहको वातावरण देखिएको छ। स्वागत कार्यक्रममा स्थानीयवासी, पार्टी कार्यकर्ता तथा समर्थकहरूको बाक्लो उपस्थिति रहेको थियो।

प्रचण्ड भोलि, २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पको १० औं वार्षिकीका अवसरमा आयोजना हुने “भूकम्प स्मृति कार्यक्रम”मा सहभागी हुने कार्यक्रम रहेको छ। बारपाक नै उक्त भूकम्पको केन्द्रविन्दु रहेकाले उक्त स्थानलाई प्रतीकात्मक रूपमा स्मरण गरिँदै आएको छ।

पार्टीका स्थानीय नेताहरूले भूकम्पपछिको पुनर्निर्माण, राहत वितरण तथा जनजीवनको सुधारमा प्रचण्डको भूमिकाको प्रशंसा गर्दै स्वागत गरेका छन्। कार्यक्रममा सहभागिता मार्फत उनले पुनः जनतासँग प्रत्यक्ष संवाद गर्ने अपेक्षा गरिएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link