Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

प्रेस सेन्टर नेपालको नयाँ कार्यसमितिको सपथ ग्रहण र पद हस्तान्तरण कार्यक्रम सम्पन्न

loading views..
Nepal Telcome

काठमाडौं,बैशाख १३ गते। प्रेस सेन्टर नेपालले पाँचौं राष्ट्रिय महाधिवेशन अघिल्लो महिना नै भव्य रूपमा सम्पन्न गरेको थियो। सपथ ग्रहण र पद हस्तान्तरण कार्यक्रममा नयाँ कार्यसमितिको सपथ ग्रहण र पद हस्तान्तरण कार्यक्रम आयोजना सम्पन्न भयो। कार्यक्रमका अवसरमा सम्पूर्ण नव-निर्वाचित तथा निवर्तमान पदाधिकारीहरूलाई नेकपा माओबादी केन्द्रका अध्यक्ष प्रचण्डले हार्दिक बधाई तथा धन्यवाद व्यक्त गर्नुभएको छ।

अध्यक्ष प्रचण्डले डिजिटलीकरणको युगमा प्रवेश गरिरहेको वर्तमान समयमा प्रेस सेन्टर नेपाल अग्र मोर्चामा रहँदै आएको बताउनुभयो । जनयुद्धको कठिन समयमा जनमुक्ति सेनाले निभाएको भूमिकालाई स्मरण गर्दै उहाँले शान्ति प्रक्रियापछि प्रेस सेन्टर नेपाललाई प्रचारको अग्रसेनाको रुपमा अगाडि बढाउने संकल्प गर्नुभएको छ।

उहाँले महाधिवेशनमा निर्वाचित तथा उपविजेता पदाधिकारीहरूबीच देखिएको उदाहरणीय सम्बन्धले संगठनलाई अझ सुदृढ बन्ने विश्वास व्यक्त गर्नुभयो। प्रेस सेन्टर नेपालले आफ्ना गतिविधिहरूमा जनताको सम्बन्ध बलियो बनाउँदै सकारात्मक प्रभाव पार्ने दिशामा काम गर्न निर्देशन दिनुभयो अध्यक्ष प्रचण्डले चुनावी प्रक्रिया पूँजीवादी सत्तामा जस्तै पैसाको खेल नभइ संगठनात्मक विश्वास र आदर्शमा आधारित रहेको बताएका छन्। नयाँ नेतृत्वलाई जनताको हितमा काम गर्न र राष्ट्रको रक्षाका निम्ति भूमिका निर्वाह गर्न आह्वान गर्नुभयो।

साथै प्रचण्डले राजावादी शक्तिहरूको असफल प्रयास र जनताको बीचमा फैलाइएको भ्रमको भण्डाफोर गर्दै, प्रेस सेन्टर नेपालको उपलब्धिहरूको रक्षा गर्न सबैलाई आह्वान गर्नुभयो।

प्रेस सेन्टर नेपाललाई राष्ट्र र जनताको हितमा निरन्तर अगाडि बढाउने दृढ संकल्पको साथ सम्पन्न भएको छ।

 

 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link