Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

प्रचण्डद्वारा श्रमिक दिवसको अवसरमा शुभकामना व्यक्त

loading views..
Nepal Telcome

काठमाडौं, वैशाख १८ गते। अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) को अवसरमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रमजीवी दिदीबहिनी, दाजुभाइ तथा आमाबुबाहरूलाई सुख, शान्ति, समृद्धिसहित उत्तरोत्तर प्रगतिका शुभकामना व्यक्त गर्नुभएको छ।

शुभकामना सन्देशमार्फत अध्यक्ष प्रचण्डले ८ घण्टा कार्यदिवसको मागसहित अमेरिकाको शिकागो शहरमा मजदूरहरूले गरेका ऐतिहासिक संघर्षको स्मरण गर्दै नेपालसहित विश्वभरका श्रमिकहरूप्रति ऐक्यवद्धता प्रकट गर्नुभएको छ। उहाँले नेपाली श्रमजीवी वर्गले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नमा पुर्‍याएको योगदानलाई उच्च मूल्याङ्कन गर्नुभयो।

“आज पनि भ्रष्टाचार, बेथिति, अनियमितता, बिचौलिया र दलाल पुँजीवादसँग निरन्तर संघर्ष आवश्यक छ,” अध्यक्ष प्रचण्डले भन्नुभयो। उहाँका अनुसार श्रमजीवी वर्गले प्रतिगमन र यथास्थितिवाद दुवैका विरुद्ध संघर्ष गर्दै नेपाली विशिष्टतायुक्त समाजवादी मार्गदिशामा अघि बढ्नुपर्छ।

उहाँले राजनीतिक परिवर्तनसँगै श्रमजीवी वर्गको अवस्था रुपान्तरण गर्न पूर्णतः समर्पित हुन आह्वान गर्दै आम श्रमिकलाई एकताबद्ध रुपमा अघि बढ्न आग्रह गर्नुभएको छ। “यही नै साँचो अर्थमा अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार हुनेछ,” उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ।

 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link