Skip to content
Pokharapress Logo
३१ जेष्ठ २०८३, आईतवार

गोरखाका दुई सडक कालोपत्रे, नागरिक उत्साहित

loading views..
Nepal Telcome

गोरखा, बैशाख १९ गते । प्रचण्डको निर्वाचन क्षेत्र रहेको गोरखा जिल्लामा एक महिनाको अवधिमा दुई वटा सडक कालोपत्रे भएका छन् । भिमसेन थापा गाउँपालिका र बारपाक सुलिकोट गाउँपालिका जोड्ने घ्याम्पेसाल–पाँचखुवा देउराली–ताकुकोट सडकको ८.६३८ किलोमिटर तथा भिमसेन थापा गाउँपालिका–६ स्थित झिँगटे–ठाँटी बजार सडकको २.७०० किलोमिटर खण्ड गरी जम्मा ११.३३८ किलोमिटर सडकमा कालोपत्रे सम्पन्न भएको हो ।

घ्याम्पेसाल सडक खण्डको जिम्मा २०७७ साउन १४ गते विरुवा वाइवा एण्ड लामा जेभीले लिएको थियो । कुल लागत २९ करोड ७७ लाख २० हजार ९४६ रुपैयाँको सम्झौतामा नाली, ग्याबियन वाल र मेसेनरी वाल निर्माण सहितको कालोपत्रे कार्य सम्पन्न भएको हो। इन्जिनियर कपिल काप्रीका अनुसार, सात मिटर चौडा सडकमा एक मिटर चौडा नाली पनि बनाइएको छ।

त्यस्तै, झिँगटे–ठाँटी सडक खण्डको निर्माण कार्य मिर कन्स्ट्रक्सनले एक करोड ८० लाख रुपैयाँमा लिएको थियो।

गोरखा सडक आयोजनाका अनुसार, उक्त सडक पनि अस्फाल्ट प्रविधिबाट कालोपत्रेको अन्तिम चरणमा पुगेको छ ।

हिउँदमा धुलो र वर्षातमा हिलोले हैरान हुने स्थानवासी अब सहज यात्रा गर्न पाउने भएपछि स्थानीयवासीहरू निकै उत्साहित भएका छन्। प्रदेश सरकारको योजनामा पूर्वाधार कार्यालय गोरखाले परियोजनाहरू कार्यान्वयन गरेको हो। पछिल्लो एक वर्षमा सडक निर्माणमा तीव्रता आएको र बजेट खर्च भइसकेको कार्यालयले जानकारी दिएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link