Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

प्रेस स्वतन्त्रता दिवसले प्रेसलाई उत्तरदायी पत्रकारितातर्फ प्रेरित गरोस् : अध्यक्ष प्रचण्ड

loading views..
Nepal Telcome

काठमाडौं, वैशाख २० गते। विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुभकामना सन्देश दिँदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र सम्मानलाई सशक्त बनाउँदै पत्रकारितालाई सत्य, निष्पक्ष र उत्तरदायी बनाउने दिशामा प्रेरित गराउनुपर्ने आवश्यकता औंल्याउनुभएको छ।

उहाँले आम सञ्चारकर्मी, सञ्चार संस्था, सञ्चार माध्यम तथा सरोकारवाला सबैलाई दिवसको शुभकामना व्यक्त गर्दै, संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको कार्यान्वयनमा नेपाली प्रेसले खेलेको भूमिकाको खुलेर प्रशंसा गर्नुभएको छ।

उहाँको भनाइमा, नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनका संवाहक जनआन्दोलन र जनयुद्धको जगमा उभिएको वर्तमान प्रणालीलाई सुदृढ बनाउने क्रममा प्रेसले जिम्मेवार भूमिका खेलेको छ। त्यसैले, उहाँले संविधानमा सुनिश्चित गरिएको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको व्यवहारिक कार्यान्वयन आजको आवश्यकताका रूपमा रहेको स्पष्ट पार्नुभएको छ।

अन्त्यमा, उहाँले यो दिवसले समतामूलक, समृद्ध र उन्नत समाज निर्माणतर्फ प्रेस जगतलाई प्रेरित गरून् भन्ने शुभेच्छा प्रकट गर्नुभएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link