Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

समाजसेवी ईसा गुरुङ कास्की पोखरा समाज जापानद्वारा सम्मानित

loading views..
Nepal Telcome

टोकियो, जापान। कास्की पोखरा समाज जापानले एक भव्य तथा गरिमामय समारोहका बीच समाजसेवी तथा सामाजिक अभियन्ता ईसा गुरुङलाई विशेष सम्मान गरेको छ। टोकियोस्थित नेवा डायनिङमा सम्पन्न कार्यक्रममार्फत गुरुङलाई दोसल्ला ओढाइ मायाको चिनो प्रदान गर्दै उनको समाजसेवामा पुर्‍याएको अतुलनीय योगदानको उच्च कदर गरिएको हो।

समारोहमा प्रमुख अतिथि समाजसेवी ईसा गुरुङ रहनुभएको थियो भने विशेष अतिथिका रूपमा संस्थाका प्रमुख संरक्षक अन्जु भण्डारी, कास्की आदर्श समाज ICC का संरक्षक तथा कास्की पोखरा समाज जापानका पूर्व अध्यक्ष शिवप्रसाद पौडेल, NRNA ICC सदस्य तथा पूर्व अध्यक्ष विकास श्रेष्ठ, कास्की आदर्श समाज एशिया प्यासिफिक संयोजक तथा पूर्व अध्यक्ष विश्व सुवेदी लगायतको उपस्थिति रहेको थियो।

वक्ताहरूले गुरुङको समर्पण, सामाजिक प्रतिबद्धता तथा नेपाली समुदायप्रतिको सम्वेदना र सेवाभावप्रति प्रशंसा प्रकट गरे।

कार्यक्रमको स्वागत मन्तव्य कास्की पोखरा समाज जापानका उपाध्यक्ष सरोज कार्कीले राख्नुभएको थियो। कार्यक्रमको अध्यक्षता संस्थाका वर्तमान अध्यक्ष कमल बास्तोलाले गर्नुहुँदै समाजसेवी गुरुङसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रम सञ्चालन संस्थाका महासचिव जीवन पोखरेल ‘कञ्चन’ ले गर्नुभएको थियो। उहाँले जब जब बाढी, भूकम्पजस्ता विपद् आइपर्दा, ईसा गुरुङलाई सरकारभन्दा पहिले सम्झने गरिएको उल्लेख गर्नुभयो।

झण्डै १०० जनाको उपस्थिति रहेको सो कार्यक्रम भव्य रूपमा सम्पन्न भएको जानकारी संस्थाका कोषाध्यक्ष कुलप्रसाद बास्तोला ‘सितल’ ले दिनुभयो।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link