Skip to content
Pokharapress Logo
२९ बैशाख २०८३, मंगलवार

मुख्यमन्त्री पाण्डेद्वारा वारपाकस्थित ‘भिसी गजे घले संग्रहालय’ उद्घाटन

loading views..
Nepal Telcome

गोरखा, बैशाख २६ गते। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गोरखाको ऐतिहासिक वारपाकमा निर्माण गरिएको भिसी गजे घले संग्रहालय तथा तारा स्मारकको उद्घाटन गर्नुभएको छ। कार्यक्रममा उहाँले नेपाली सेनाको गौरवशाली इतिहास बोकेका वीर गोर्खाली भिसी गजे घलेको योगदानको स्मरण गर्दै उहाँलाई राष्ट्रिय गौरवका रूपमा व्याख्या गर्नुभयो।

मुख्यमन्त्री पाण्डेले भने, “बारपाकलाई विश्वभर बहादुरीको पहिचान दिने कार्य वीर सपुत गजे घलेले गर्नुभएको हो। उहाँको जीवनी र योगदानले नेपालीमा आँट, साहस, उत्साह र राष्ट्रप्रतिको कर्तव्यबोध गराएको छ।”

उहाँले गजे घलेजस्ता वीर सपूत जन्माउने बारपाकको माटोप्रति सम्मान व्यक्त गर्दै हाल सेवा निवृत्त तथा कार्यरत सैनिकहरूप्रति पनि उच्च सम्मान प्रकट गर्नुभयो। संग्रहालयमा भिसी गजे घलेको व्यक्तिगत सामग्री, जीवनी र ऐतिहासिक दस्तावेजहरू समेटिएको छ, जसले अनुसन्धान, अध्ययन तथा प्रेरणाको स्रोतका रूपमा कार्य गर्ने विश्वास व्यक्त गर्नुभयो।

उक्त अवसरमा गजे घलेको जीवनीमा आधारित पुस्तकको विमोचन पनि मुख्यमन्त्री पाण्डेले गर्नुभएको थियो। दोस्रो विश्वयुद्धमा अद्भुत वीरता प्रदर्शन गरेर भिक्टोरिया क्रस (VC) प्राप्त गर्ने गजे घले नेपालीमध्ये एक हुन्। १३ जना नेपालीले यो उच्च सैन्य सम्मान पाएका छन्, जसमा तीन जना गोरखाबाट हुन्।

मुख्यमन्त्री पाण्डेले सैनिक जीवनको अनुशासन र राष्ट्रसेवाको भावना समाज निर्माणमा पनि उपयोगी हुने बताउँदै भूतपूर्व सैनिकहरूलाई समाजिक उत्तरदायित्वमा योगदान गर्न आह्वान गर्नुभयो। साथै, बारपाकमा निर्माण हुन लागेको भूपु कल्याणकारी सेवा समाजको भवन निर्माणमा प्रदेश सरकारबाट आवश्यक सहयोग गरिने आश्वासन दिनुभयो।

प्रदेश सरकारले बारपाकको समग्र विकासलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले स्रोत र साधनअनुसार आगामी दिनमा पनि आवश्यक सहयोग पुर्‍याइने स्पष्ट पार्नुभयो।

 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link