Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

पोखरा स्पोर्ट्स अवार्ड: अरुणा शाही र विश्वास अधिकारी वर्ष खेलाडी घोषित

loading views..
Nepal Telcome

पोखरा, बैशाख २७ गते।पोखरामा सम्पन्न नवौं पोखरा स्पोर्ट्स अवार्डमा वर्ष खेलाडीको उपाधि महिला तर्फ नेपाली राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाही र पुरुष तर्फ भलिबल खेलाडी विश्वास अधिकारीले प्राप्त गरेका छन्।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा भएको कार्यक्रममा फुटबल प्रशिक्षक राजेन्द्र तामाङ उत्कृष्ट प्रशिक्षक घोषित भए। तामाङ नेपाली महिला राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक तथा नेपाल फुटबल प्रशिक्षक संघका अध्यक्ष हुन्।

उदीयमान खेलाडीको रुपमा क्रिकेटर रचना चौधरी सम्मानित भइन् भने लाइफटाइम अचिभमेन्ट अवार्ड शुटिङकी प्रशिक्षक भगवती खत्री केसीलाई प्रदान गरियो।

वर्ष उत्कृष्ट खेल पत्रकारको रुपमा विजय नेपालले अवार्ड प्राप्त गरे भने उत्कृष्ट खेल संस्थाको रुपमा म्याग्दी जिल्ला भलिबल संघले अवार्ड हात पार्‍यो।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले खेलकुदले स्वास्थ्य र पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए। राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्य र पोखरा महानगरका मेयर धनराज आचार्यले यस्ता कार्यक्रम खेल र खेलाडीको प्रोत्साहनका लागि अत्यन्त प्रभावकारी रहेको बताएका थिए।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले २०७२ सालदेखि प्रत्येक वर्ष ‘पोखरा स्पोर्ट्स अवार्ड’ आयोजना गर्दै आइरहेको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link