Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतको सांसद पद निलम्बन

loading views..
Nepal Telcome

काठमाडौं, जेठ १ गते।  पूर्वमन्त्री तथा नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतको सांसद पद निलम्बनमा परेको छ। टेरामक्स प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेसँगै बस्नेत स्वतः निलम्बित भएका हुन्।

सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित बस्नेत सञ्चारमन्त्री हुँदा मन्त्रिपरिषद्को स्वीकृति नलिई टेरामक्स परियोजना कार्यान्वयनको निर्देशन दिएको अभियोग लागेको छ। उक्त निर्देशनपछि दूरसञ्चार प्राधिकरणका अधिकारीहरूले कानूनविपरीत काम गरेको भन्दै उनीमाथि आरोप लगाइएको हो।

अख्तियारले दायर गरेको मुद्दामा बस्नेतसहित १६ जना प्रतिवादी रहेका छन्। उनीहरूमाथि जनही ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रूपैयाँ बिगो दाबी गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ र भ्रष्टाचार निवारण ऐन, २०५८ अनुसार सार्वजनिक पदमा रहेको व्यक्तिविरुद्ध मुद्दा दर्ता भएमा स्वतः पद निलम्बनमा पर्ने कानुनी व्यवस्था रहेको छ।

सांसद बस्नेतको निलम्बनबारे सभामुखले प्रतिनिधिसभालाई औपचारिक जानकारी गराउनेछन्। यद्यपि, आजको बैठकमा समय अभावका कारण उक्त सूचना भोलिको बैठकमा प्रस्तुत गरिने संसद सचिवालय स्रोतले जनाएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link