Skip to content
Pokharapress Logo
२८ फाल्गुन २०८२, बिहीबार

प्रचण्ड नेतृत्वको मध्यपहाडी लोकमार्ग अभियान टोलीलाई गण्डकीमा भव्य स्वागत

loading views..

बाग्लुङ, ८ जेठ गते। कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मध्यपहाडी लोकमार्ग अभियान टोलीलाई बाग्लुङको निसिखोला क्षेत्रमा बाजागाजासहित भव्य रूपमा स्वागत गरिएको छ । गण्डकि प्रदेश प्रवेश गरेको अभियान टोलीलाई बाजागाजासहित भब्य स्वागत गरिएको हो ।
बैतडीको पाटनबाट सुरु भएको अभियान टोली सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा अभियान सम्पन्न गरी बिहिवार गण्डकी प्रदेशको बाग्लुङमा प्रवेश गरेको हो।

सो अवसरमा लुम्बिनी प्रदेशका इन्चार्ज बलदेव खनाल नेतृत्वको टोलीले गण्डकी प्रदेशका इन्चार्ज दिनानाथ शर्माको नेतृत्वमा रहेको टोलीलाई औपचारिक रूपमा झन्डा हस्तान्तरण गरेको थियो।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्