Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

प्रचण्डद्वारा बागलुङमा सहिद तथा बेपत्ता योद्धाका परिवारलाई सम्मान

loading views..
Nepal Telcome

बागलुङ, जेठ ९ गते। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार बागलुङ बजारमा आयोजित जनसंवाद कार्यक्रममा सहिद परिवार तथा बेपत्ता योद्धाका परिवारहरूलाई सम्मान गर्नुभएको छ।

कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले जनयुद्धका क्रममा अपार त्याग र बलिदान गर्ने योद्धाहरूको योगदानको स्मरण गर्दै सहिद परिवारप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो। उहाँले सहिद र बेपत्ताका सपना साकार पार्न पार्टी प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।जनयुद्धका क्रममा बागलुङ नगरपालिकामा मात्रै राज्य पक्षबाट १६ जना सहिद र २ जना बेपत्ता भएको जनाइएको छ। कार्यक्रममा ती सहिद परिवार तथा बेपत्ता योद्धाका आफन्तलाई सम्मान–पत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरू, स्थानीय नेताहरू, जनप्रतिनिधि र ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link