Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

सरकार गलत ढङ्गबाट अगाडि बढिरहेको छ : अध्यक्ष प्रचण्ड

loading views..
Nepal Telcome

बाग्लुङ, जेठ ९ गते। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार गलत मार्गबाट अघि बढिरहेको आरोप लगाउनुभएको छ। माओवादी केन्द्रद्वारा सञ्चालन भइरहेको मध्यपहाडी लोकमार्ग अन्तर्गतको ‘जागरण अभियान’ अन्तर्गत आज बाग्लुङ सदरमुकामस्थित लोकतान्त्रिक चोकमा आयोजित जनसंवाद कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले यस्तो टिप्पणी गर्नुभएको हो।

उहाँले सरकार भ्रष्टाचारी र दलालहरूको संरक्षणमा उभिएको आरोप लगाउँदै यस्तै अवस्था रहिरहे नयाँ ढङ्गको आन्दोलन सुरु हुने चेतावनी दिनुभयो। “जनताले सुशासनको अनुभूति गर्न पाएका छैनन्,” उहाँले भन्नुभयो, “सरकारको यही ढङ्गले देश चलिरहेकाले छिट्टै नयाँ किसिमको आन्दोलन आवश्यक हुने देखिन्छ।”

कार्यक्रमको क्रममा जनयुद्धमा सहादत प्राप्त गरेका १६ जना सहितको परिवारलाई अध्यक्ष दाहालले सम्मान समेत गर्नुभएको थियो।

जनसंवाद कार्यक्रममा बाग्लुङ बहुमुखी क्याम्पसका प्राध्यापक डा. दिनबहादुर थापाले अध्यक्ष प्रचण्डसँग समग्र शिक्षा क्षेत्रका समस्या समाधान, स्थानीय उत्पादनको बजार प्रवर्द्धन तथा युवाहरूको विदेश पलायन रोक्न आवश्यक नीतिगत पहल गर्न आग्रह गर्नुभयो।

कार्यक्रममा स्थानीयवासी, विद्यार्थी, शिक्षक, राजनीतिक कार्यकर्ता तथा माओवादी समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link