Skip to content
Pokharapress Logo
१ जेष्ठ २०८३, शुक्रबार

कमल पौडेल अथकले गण्डकी प्रज्ञा प्रतिष्ठानको कूलपतिमा उमेदवारी दिए

loading views..
Nepal Telcome

पोखरा, जेठ ११गते। गण्डकी प्रज्ञा प्रतिष्ठानको कूलपति पदमा साहित्यकार तथा पत्रकार कमल पौडेल ‘अथक’ले बिहीबार कार्ययोजना सहितको आवेदन दिएका छन्। सामाजिक विकास मन्त्रालयका अनुसार पौडेलले ३१ औं नम्बरमा आवेदन दर्ता गराएका हुन्।

त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता, वित्तशास्त्र, योजना र समाजशास्त्रमा स्नातकोत्तर उपाधि हासिल गरेका पौडेल विगत तीन दशकदेखि लोकगीत, गजल, कविता, उपन्यास, हाइकू, अनुसन्धान तथा पत्रकारिता क्षेत्रमा सक्रिय छन्। उनका १९ भन्दा बढी साहित्यिक कृति प्रकाशित छन् भने दुईवटा लोकदोहोरी एल्बम पनि सार्वजनिक भइसकेका छन्।

२०४८ सालदेखि लोकसंगीत लेखनमा लागेका पौडेल हाल रेडियो सराङकोटका समाचार प्रमुख र समयदृष्टि डटकमका प्रधान सम्पादकका रूपमा क्रियाशील छन्। नेपाली लेखक संघ कास्कीका कार्यवहाक अध्यक्षसमेत रहेका उनले कूलपति पदमा योग्यता, क्षमता र अनुभवका आधारमा उम्मेदवारी दिएको बताएका छन्।

उनले लोकसंस्कृति, भाषा, भेषभूषा, साहित्य र कला क्षेत्रको अध्ययन, संरक्षण र प्रवर्द्धनमा गम्भीरता साथ लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्। गजल सन्ध्या पोखराको गजल प्रतिभा पुरस्कारसहित दर्जनौं साहित्यिक सम्मान प्राप्त पौडेल विभिन्न पेशागत संघसंस्थामा आवद्ध छन्।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link