Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

युक्रेनमाथि रुसको अहिलेसम्मकै भीषण आक्रमण : बालबालिका सहित १४ जनाको मृत्यु

loading views..
Nepal Telcome

मस्को, जेठ ११ गते। युक्रेनमाथि रुसले अहिलेसम्मकै ठूलो मिसाइल र ड्रोन आक्रमण गरेको छ। यो आक्रमणमा परी कम्तीमा १४ जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले जनाएका छन्। मृतकमध्ये तीन जना बालबालिका छन् भने ७० भन्दा बढी व्यक्ति घाइते भएका छन्।

आक्रमणको केन्द्र युक्रेनका १३ वटा क्षेत्रहरू रहेका छन्, जसमा राजधानी किभ, झिटोमिर, खार्किभ र कुपियान्स्क विशेष रूपले प्रभावित भएका छन्। किभ क्षेत्रमा मात्रै चार जनाको मृत्यु र ११ जनाको घाइते भएको पुष्टि भएको छ। दर्जनौँ आवासीय भवनमा क्षति पुगेको छ भने २७ स्थानमा आगलागी भएको छ।

झिटोमिर क्षेत्रमा एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ ।८, १२, र १७ वर्षका ती बालबालिका आफ्ना आमाबुवासँग घरमै रहेका बेला आक्रमणमा परेका थिए। खार्किभको कुपियान्स्कमा ८५ र ५६ वर्षका दुई वृद्ध महिलाको मृत्यु भएको छ।

रुसले १४२ वटा युक्रेनी सैन्य लक्ष्यहरूमा हमला गरेको दाबी गरेको छ, जसमा एयरफिल्ड, गोला बारुद डिपो र इलेक्ट्रोनिक युद्ध केन्द्रहरू समावेश छन्। युक्रेनी हवाई सेनाले ४५ वटा क्रुज मिसाइल र २६६ ड्रोनहरू खसालेको जनाएको छ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकालगायत पश्चिमा शक्तिहरूको मौनता नै पुटिनको दुस्साहस बढाएको भन्दै कडा हस्तक्षेपको माग गरेका छन्। “रूसी नेतृत्वमाथि कडा दबाब बिना यो क्रूरता रोकिने छैन,” उनले चेतावनी दिएका छन्।

यसैबीच, रुसले पनि युक्रेनी ड्रोन आक्रमणको सामना गरेको बताइएको छ। मध्यरातदेखि बिहान ७ बजेसम्म रुस र क्राइमियामा ११० युक्रेनी ड्रोनहरू खसालिएको र मस्कोमाथि उडाइएका १२ ड्रोनहरू नष्ट गरिएको रुसी अधिकारीहरूले जनाएका छन्।

यो आक्रमण र प्रतिआक्रमणबीच, सर्वसाधारण नागरिकहरू भयावह परिस्थितिमा मेट्रो स्टेशन र सुरक्षित स्थानहरूमा शरण लिन बाध्य भएका छन्। युद्धले फेरि पनि मानवीय संकटलाई थप गहिरो बनाएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link