Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

प्रचण्डले गरे गोरखाको नमुना प्रशासकीय भवन उद्घाटन

संघीयताको सफल प्रतिबिम्ब: शहिदलखनको आधुनिक प्रशासनिक भवन

loading views..
Nepal Telcome

गोरखा, जेठ १४ गते। गोरखा जिल्लाको शहिदलखन गाउँपालिकामा निर्माण सम्पन्न भएको प्रमुख प्रशासकीय भवनले समग्र जिल्लाका पालिकाहरूबीच नमुना विकासको परिचय दिएको छ। पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिजो एक विशेष समारोहबीच भवनको औपचारिक उद्घाटन गरे।

सहिद लखनको प्रशाशकिय भबन उद्घाटन गर्दै प्रचण्ड

कुल ८ करोड ४३ लाख ११ हजार २३७ रुपैयाँको लागतमा निर्मित यस भवनमा संघीय सरकारको पूर्वाधार विकास विभागबाट ३ करोड ४९ लाख २६ हजार, जिल्ला समन्वय समिति गोरखाबाट ७७ लाख र शहिदलखन गाउँपालिकाबाट ४ करोड १६ लाख ८४ हजार ७९७ रुपैयाँ लगानी भएको गाउँपालिका अध्यक्ष रमेश बाबु थापा मगरले जानकारी दिए।

लिफ्ट सहितको आधुनिक भवन ६४०० वर्ग फिटमा फैलिएको छ र यसमा ५२ वटा कोठाहरू छन्। विशिष्ट पक्षको रूपमा भवनका कोठाहरूलाई साविक गाविस र स्थानीय नदीहरूको नाममा चिनाइएको छ, जसले यसलाई स्थानीय पहिचानसहितको संरचना बनाएको छ।

कार्यक्रममा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले संघियता कार्यान्वयनले गाउँ-गाउँसम्म सेवा पु‍र्‍याएको उल्लेख गरे। उनले भने, “स्थानीय सरकार बलियो बन्नु अहिलेको शासन व्यवस्थाको मूल सार हो। संघीय व्यवस्था नै वैज्ञानिक र जनमुखी शासन प्रणाली हो।”

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, संघीय सांसद राजेन्द्र बजगाईं, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सरोकारवाला निकाय तथा स्थानीय नागरिकको उल्लेख्य उपस्थिति थियो। कार्यक्रम गाउँपालिका अध्यक्ष रमेश बाबु थापा मगरको अध्यक्षतामा सम्पन्न भएको हो।

शहिदलखन गाउँपालिकाको यो प्रशासकीय भवन स्थानीय शासनको प्रभावकारी सेवा प्रवाह र भौतिक पूर्वाधार विकासको दृष्टिले राष्ट्रिय स्तरमै उदाहरणीय बन्ने अपेक्षा गरिएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link