Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

देशभर सार्वजनिक यातायात बन्द, जनजीवन प्रभावित

ओली सरकार निकम्मामा परिणत हुँदै

loading views..
Nepal Telcome

काठमाडौं, जेठ १९ गते। सार्वजनिक यातायात व्यवसायीहरूले आजदेखि देशभर अनिश्चितकालीन यातायात बन्द घोषणा गरेका छन्। ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा सोमबारदेखि गाडीहरू ग्यारेजमै थन्क्याएर सेवा बन्द गरिएको हो।

बन्दको असर राजधानी काठमाडौंसहित देशभर व्यापक रूपमा परेको छ। विशेषतः कार्यालय जाने कर्मचारी, विद्यार्थी तथा सर्वसाधारण बिहानैदेखि यातायात नपाएर अलपत्र परेका छन्। काठमाडौं उपत्यकाको कोटेश्वर-जडिबुटी क्षेत्रमा सडक अवरुद्ध गर्ने प्रयासपछि प्रहरी परिचालन गरिएको छ।

ट्याक्सीले यात्रु बोक्न खोज्दा यातायात व्यवसायीहरूले यात्रु ओर्लाउन दबाब दिँदा प्रहरी र व्यवसायीबीच झडपसमेत भएको छ। यद्यपि, विद्यालय बस र निजी सवारीसाधन भने सामान्य रूपमा सञ्चालनमा छन्।

यातायात व्यवसायीहरू गण्डकी प्रदेश सरकारले पारित गरेको ‘राइड सेयरिङ (नियमन तथा व्यवस्थापन) नियमावली’प्रति आक्रोशित बनेका हुन्। वैशाख ३१ गते मन्त्रिपरिषद्बाट पारित उक्त नियमावली जेठ १ गते प्रदेशको राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आएको हो।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका सचिव योगेन्द्रबहादुर केसीका अनुसार, उक्त निर्णयले सार्वजनिक यातायात क्षेत्रलाई कमजोर बनाउने भन्दै व्यवसायीहरू आन्दोलित भएका हुन्।

पूर्व विद्यमान ‘यातायात व्यवस्था ऐन २०४९’ मा निजी सवारीसाधनबाट यात्रु ओसारपसार निषेध गरिएको थियो। तर, २०८१ असार १३ गते सर्वोच्च अदालतले सबै प्रकारका सवारीसाधनलाई कानुनीरूपमा सेवा सञ्चालनको बाटो खोल्दै पुराना प्रावधानहरू खारेज गरेपछि सरकारले राइड सेयरिङसम्बन्धी नियमावली ल्याएको हो।

उक्त सेवा विश्वका थुप्रै मुलुकमा सफलतापूर्वक सञ्चालित हुँदै आएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link