Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

राजेन्द्रवीर राय : साढे २ अर्ब हिनामिना गर्ने ‘राजनीतिक नटवरलाल’

loading views..
Nepal Telcome

पोखरा,जेठ १९ गते। कर्णाली विकास बैंक घोटालाका प्रमुख पात्र, पूर्वअध्यक्ष तथा सीईओ राजेन्द्रवीर रायको नाम भ्रष्टाचार र दल परिवर्तन दुवैमा उत्तिकै चर्चित छ। बैंकमार्फत साढे २ अर्ब रुपैयाँ हिनामिना गरेका रायले विगत एक दशकदेखि पैसाको बलमा राजनीतिक दलहरूबाट लगातार उम्मेदवारी लिँदै आएका छन्।

राजेन्द्रवीर रायले करिब १५ वर्ष कर्णाली विकास बैंकको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारी सम्हाल्दै करोडौं रुपैयाँ अपचलन गरेका थिए। बैंक घोटालाको पर्दाफास भएपछि उनी राजनीतिको शरणमा पुगेका थिए।

पार्टी फेर्ने, पैसामा टिकट किन्ने 

रायले पहिलो पटक २०७० सालको संविधानसभा निर्वाचनमा तमलोपासँगको सानिध्य बनाएर उम्मेदवारी लिए। त्यसपछि २०७४ मा राप्रपाबाट टिकट पाए। त्यहाँबाट पनि पराजित भएपछि २०७९ मा एमालेको ढोका ढकढक्याए र टिकट लिन सफल भए। पछिल्लो समय उनले नागरिक उन्मुक्ति पार्टीबाट राष्ट्रिय सभाको उम्मेदवारी लिए तर फेरि पराजित भए।

पछिल्लो समय उनी माओवादी केन्द्र प्रवेशको प्रयासमा थिए, तर माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनलाई पार्टीमा लिन अस्वीकार गरेको स्रोतले जनाएको छ।

सबै दलका नेताका ‘प्रिय पात्र’

भ्रष्टाचारमा लिप्त र पार्टी बदल्न माहिर रायले विगतमा सबै प्रमुख दलका शीर्ष नेताहरूसँग पैसा खर्चेर समीपता बनाएका थिए। भिम उपाध्यायले सार्वजनिक गरेका विवरण अनुसार, उनले सधैं चुनावी टिकटहरू पैसाको बलमा सुनिश्चित गर्दै आएका थिए।

राजनीतिलाई ‘शरण’ र दलहरूलाई ‘साधन’ बनाएका रायजस्ता पात्रहरूका कारण भ्रष्टाचार नियन्त्रण र सुशासनको सवालमा जनता निराश भइरहेका छन्।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link