Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

मनोज कुमार ज्ञवाली नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त

loading views..
Nepal Telcome

काठमाडौं,जेठ २२गते। नबिल बैंक लिमिटेडले मनोज कुमार ज्ञवालीलाई आफ्नो प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त गरेको छ। बैंकको सञ्चालक समितिको बिहीबार बिहान सम्पन्न ६८२ औं बैठकले उनलाई चार वर्षका लागि सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

यसअघि कायममुकायम सीईओको रूपमा कार्यरत रहेका ज्ञवाली बैंकिङ क्षेत्रमा स्पष्ट धारणा राख्ने व्यक्तित्वका रूपमा परिचित छन्। उनले नेपाल राष्ट्र बैंकसहित विभिन्न वाणिज्य बैंकहरूको व्यवस्थापन तहमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै उल्लेखनीय अनुभव आर्जन गरेका छन्।

चार्टर्ड एकाउन्टेन्टसमेत रहेका ज्ञवालीसँग बैंक तथा पुँजीबजारसम्बन्धी क्षेत्रमा २६ वर्षभन्दा लामो कार्यानुभव छ। उनले नेपाल राष्ट्र बैंक, ग्लोबल आइएमई बैंक, ग्लोबल आइएमई क्यापिटल र ज्योति विकास बैंकमा काम गरेका छन्।

ज्ञवालीको नेतृत्वमा नबिल बैंकले आगामी दिनमा विभिन्न वित्तीय सूचकांकहरूमा अग्रणी स्थान हासिल गर्ने र थप उचाइमा पुग्ने विश्वास गरिएको छ।

यसै बैठकले नायब महाप्रबन्धक आदर्श बजगाईंलाई नायब प्रमुख कार्यकारी अधिकृतमा पदोन्नति गरेको छ। साथै, प्रमुख कानुन विभाग प्रमुख भिष्म न्यौपानेलाई कम्पनी सचिवको जिम्मेवारी दिइएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link