Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

शीतोष्ण बागवानी केन्द्रको प्रगति प्रशंसनीय : प्रचण्ड

loading views..
Nepal Telcome

गणतन्त्र नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मुस्ताङ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रको अवलोकन गर्नुभएको छ।

अवलोकनका क्रममा अध्यक्ष प्रचण्डले केन्द्रमा भइरहेका बागवानीसम्बन्धी गतिविधिहरु, फलफूल तथा तरकारी उत्पादन र अनुसन्धान सम्बन्धी कार्यहरूबारे जानकारी लिनुभएको थियो। उहाँले जलवायु अनुकूल खेती प्रणाली तथा प्रविधिको प्रयोगमार्फत स्थानीय उत्पादन वृद्धि गर्न केन्द्रको भूमिका उल्लेखनीय रहेको बताउनुभयो।

अध्यक्ष प्रचण्डले हिमाली जिल्लाहरूको कृषि सम्भावनालाई उपयोग गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा यस्ता संस्थाहरूको सशक्त योगदान आवश्यक रहेको उल्लेख गर्नुभयो। साथै, उहाँले आगामी दिनमा सरकारी तर्फबाट प्राविधिक सहयोग तथा आवश्यक पूर्वाधार विकासमा साथ दिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

शीतोष्ण बागवानी विकास केन्द्रले उच्च हिमाली भेगका लागि उपयुक्त बागवानी प्रविधिहरू विकास गर्दै आएको छ, जसले कृषकहरूलाई आधुनिक तथा व्यावसायिक खेतीतर्फ उन्मुख गराउन मद्दत पुर्‍याइरहेको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link