Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

नवलपुरको बाढी र पहिरोले नारायणगढ–बुटवल सडक खण्ड ठप्प, सवारी चल्न नसक्ने स्थिति!

loading views..
Nepal Telcome

नवलपुर, असार ५ गते। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडक खण्डमा भीषण बाढी र पहिरोका कारण सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ। लगातारको झरीसँगै विनयी खोलामा आएको बाढीले डाइभर्सन भत्काइदिएपछि राजमार्गमा सवारी रोकिएको हो। झनै, दुम्कीबास–दाउन्ने सडक खण्डको विश्वकर्मा मन्दिर र झ्युखोला क्षेत्रमा सडक चिप्लिएर गाडीहरू फस्ने र चिप्लने घटनाले यात्रुहरू त्रसित बनेका छन्।

जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले बिहीबार अत्यावश्यक सूचना जारी गर्दै यात्रुहरूलाई तत्काल वैकल्पिक मार्ग अपनाउन आग्रह गरेको छ। प्रहरीका अनुसार झन्डै हप्ता दिनदेखिको अविरल वर्षाले जनजीवन अस्तव्यस्त भएको छ।

यातायात ठप्प भएपछि वैकल्पिक मार्गका रूपमा पूर्वबाट पश्चिम जाने सवारीहरूलाई नारायणगढ–मुग्लिङ–पोखरा–स्याङ्जा हुँदै बुटवल जान भनिएको छ। काठमाडौंबाट पश्चिम जान चाहनेले पनि यही बाटो अपनाउनु पर्नेछ। पश्चिमबाट पूर्वतर्फ आउने सवारीले बुटवल–स्याङ्जा–पोखरा–मुग्लिङ हुँदै गन्तव्यतर्फ जानुपर्ने बाध्यता छ।

साना सवारीका लागि गैंडाकोट–पिपलडाँडा सडकखण्ड प्रयोग गर्न सकिने भनिए पनि उक्त बाटो पनि जोखिमपूर्ण भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) मधु नेपालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “राजमार्ग पूर्ण रूपमा खुल्ने अवस्था नभएसम्म अत्यावश्यकबाहेक यात्रा नगर्न सबैलाई अनुरोध छ।”

अहिलेको अवस्था यस्तो छ कि, सडक नखुल्दा न घर फर्कन पाइन्छ, न गन्तव्य पुग्न। यात्रु अलपत्र, सवारी साधन फसेका छन्, र सडक विभाग भने मौन छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link