Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

प्रचण्ड र विप्लवबीच खुमलटारमा महत्वपूर्ण भेटवार्ता, वाम एकताबारे गम्भीर छलफल

loading views..
Nepal Telcome

काठमाडौं असार ७ गते। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (विप्लव) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ तथा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’बीच शनिबार विहान खुमलटारस्थित प्रचण्ड निवासमा महत्वपूर्ण राजनीतिक भेटवार्ता सम्पन्न भएको छ।

विश्वसनीय स्रोतका अनुसार भेटवार्तामा देशको समसामयिक राजनीतिक अवस्था, वाम एकताको सम्भावना तथा विशेषगरी माओवादी विचारधाराका आधारमा दलहरूबीचको एकता र सहकार्यका सम्भावनाहरूबारे गम्भीर छलफल भएको छ।

भेटमा मुख्य रूपमा समाजवादी मोर्चालाई मजबुत बनाउने र विगतमा टुक्रिएका माओवादी धारहरूलाई एउटै संगठनमा पुनः एकत्रित गर्ने सम्भावनाका बारेमा विस्तृत विचारविमर्श गरिएको जनाइएको छ। सहभागी नेताहरूले वर्गीय संघर्ष, वामपन्थी दर्शन र समावेशी लोकतन्त्रलाई साझा एजेन्डा बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए।

यो भेटलाई नेपाली राजनीतिक वृत्तमा अत्यन्तै महत्त्वका साथ हेरिएको छ। विगतमा वैचारिक मतभेद र रणनीतिक फरकका कारण अलग–अलग बाटोमा हिँडिरहेका दुई माओवादी धारा अहिले फेरि सहकार्यतर्फ उन्मुख भइरहेका संकेतका रूपमा यसलाई विश्लेषण गरिएको छ।

यद्यपि भेटपछिको औपचारिक विवरण सार्वजनिक गरिएको छैन, तर दुवै पक्षबीच संवादलाई निरन्तरता दिने र आगामी दिनहरूमा केही सहमति सार्वजनिक हुने सम्भावना रहेको संकेत भेटमा सहभागी निकट स्रोतहरूले दिएका छन्।

 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link