Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

म्याग्देली जनताको गर्जन: सांसद रेशम जुग्जालीले च्याते गण्डकीको बजेट पुस्तक

 “यो अन्यायको दस्तावेज हो!”

loading views..
Nepal Telcome

पोखरा, असार ९ गते। गण्डकी प्रदेशसभामा आज एकाएक आवाजको तरङ्ग आयो, जब नेकपा (माओवादी केन्द्र)का सांसद तथा गण्डकीका सफल पूर्व भौतिक पूर्वाधार मन्त्री रेशम जुग्जालीले प्रदेशको वार्षिक विकास कार्यक्रमको किताब रोष्ट्रममै च्यातिदिए।

म्याग्देली जनताको मर्म बोकेर सभाहल प्रवेश गरेका जुग्जालीले अन्यायको विरुद्ध चित्कार गरे -“म्याग्दीको भूगोल थाहा छैन भने मेरै खर्चमा घुमाउँछु!” भौतिक पूर्वाधार मन्त्रालयले म्याग्दी जिल्लामा सिर्फ साढे ३ करोड बजेट विनियोजन गरेको देख्दा उनी असन्तुष्ट मात्रै होइनन्, आक्रोशित बने।

“मेरो भागमा परेको दुई करोड पनि फिर्ता लैजानुस्,” जुग्जालीले भने, “हामीलाई यस्तो बजेटको किताब चाहिँदैन। यो अन्यायको दस्तावेज हो, म च्यात्छु!”  अनि रोष्ट्रममै बजेट पुस्तक च्यातिदिए।

उनको भनाइमा सत्ताको उकुसमुकुस मात्र होइन, सत्ताधारीहरूको विभेदपूर्ण मनोवृत्तिको पराकाष्ठा देखिएको छ। उनले थपे, “यो बजेट सत्तापक्षकै सांसदहरूलाई पनि चित्तबुझ्दो छैन। यो जनताको अपेक्षा होइन, सत्ता समीकरणको खेल हो।”

सभाहलमा उपस्थित सांसदहरू केही अचम्ति  कोही मौन, तर धेरैले जुग्जालीको आँटलाई मनमनै समर्थन गरिरहेका थिए।  जनताका प्रतिनिधि बनेर, सम्पूर्ण म्याग्दीको आवाज बनेर उठेको उनको यो विरोध अब सामान्य राजनीतिक असन्तुष्टि रहेन, यो प्रणालीकै घातक असमानताको विरुद्धको क्रान्ति बनिरहेको छ।

गण्डकी प्रदेश सरकारप्रति ठूलो प्रश्न चिन्ह खडा गर्दै जुग्जालीले बजेट बहिष्कारको घोषणा गरेपछि अब सत्तापक्षभित्रै बजेटविरुद्धको विद्रोह उकालो लाग्ने निश्चित देखिन्छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link