Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

आँबुखैरेनी गाउँपालिकाको ६२ करोड ८ लाखको बजेट सार्वजनिक, पूर्वाधार, शिक्षा र स्वास्थ्यमा प्राथमिकता

loading views..
Nepal Telcome

राजेन्द्र न्यौपाने/असार १० गते।तनहुँको आँबुखैरेनी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कूल ६२ करोड ८ लाख २२ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। गाउँपालिकाको १७औं गाउँसभा मंगलबार सम्पन्न भएको हो।

सभामा गाउँपालिकाकी उपाध्यक्ष दुर्गा अर्यालले आगामी वर्षका लागि बजेट प्रस्तुत गर्दै गाउँको समग्र विकासका लागि सन्तुलित तथा समावेशी विनियोजन गरिएको जानकारी दिइन्।

प्रस्तुत बजेटअनुसार,

आर्थिक विकासतर्फ: ५ करोड ८४ लाख ९ हजार,

पूर्वाधार विकासतर्फ: २१ करोड ९४ लाख ४५ हजार,

संस्थागत विकास तथा सुशासनतर्फ: ११ करोड ५३ लाख ९० हजार,

सामाजिक विकासतर्फ: २३ करोड ५१ लाख ३८ हजार रुपैयाँ विनियोजन गरिएको छ।

यसअघि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले आगामी वर्ष पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा र पर्यटनलाई मुख्य प्राथमिकतामा राखिएको बताए।

उनले गाउँभित्र रहेका स्वास्थ्य चौकी तथा विद्यालयहरूका कच्ची भवन विस्थापन गरी पक्की, सुविधासम्पन्न भवन निर्माण गरिने र स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्ने योजना सार्वजनिक गरे। शिक्षा क्षेत्रमा गुणस्तर सुधार र पर्यटन प्रवर्द्धनमार्फत आर्थिक समृद्धिको बाटो खोल्ने कार्यक्रमसमेत रहेको अध्यक्ष चुमानले स्पष्ट पारे।

गाउँसभा सञ्चालनका क्रममा वडास्तरका आवश्यकता, विकासका सम्भावना र नागरिक सरोकारका विषयमा समेत विस्तृत छलफल गरिएको थियो।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link