Skip to content
Pokharapress Logo
३ बैशाख २०८३, बिहीबार

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, आजदेखि नयाँ दर लागु

loading views..

काठमाडौँ, असार १७ गते। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ। सोमबार प्रेस विज्ञप्ति जारी गर्दै निगमले आज मंगलबारदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, तथा हवाई इन्धनमा नयाँ दर लागू हुने जानकारी दिएको हो।

नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर ५ रुपैयाँले बढेको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँको वृद्धि गरिएको छ। यस्तै, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ७ रुपैयाँले मूल्य बढाइएको छ।

अन्तर्राष्ट्रिय हवाई इन्धनमा समेत उल्लेखनीय वृद्धि गरिएको छ। निगमका अनुसार प्रति किलोलिटर ६० अमेरिकी डलरले मूल्य वृद्धि गरिएको छ।

निगमले पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यवृद्धि र आपूर्ति लागतका कारण मूल्य समायोजन गरिएको बताएको छ। मूल्यवृद्धिले आम जनजीवनमा थप आर्थिक भार पर्ने देखिएको छ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्