Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

पूरै अधिग्रहित क्षेत्रमा बसपार्क बनाउने प्रतिबद्धता : मेयर आचार्य

loading views..
Nepal Telcome

पोखरा, असार २१ गते । पाँच दशकअघि जग्गा अधिग्रहण भएर पनि निर्माण हुन नसकेको पृथ्वीचोक बसपार्क अब सम्पूर्ण अधिग्रहित क्षेत्रमै बन्ने भएको छ। पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले पूरै १४८ रोपनी क्षेत्रमै सुविधा सम्पन्न बसपार्क निर्माण गरिने स्पष्ट पार्नुभएको छ।

पोखरा महानगरद्वारा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै मेयर आचार्यले आफ्नो कार्यकालको सुरुवातदेखि नै बसपार्क निर्माणलाई प्राथमिकतामा राखेको बताउनुभयो। “हाल २६ रोपनी जमिन सुकुम्बासीले अतिक्रमण गरेका छन्, उनीहरूको व्यवस्थापन गरेर सम्पूर्ण क्षेत्रमा बसपार्क बनाउनेछौँ,” उहाँले भन्नुभयो।

महानगरले हालसम्म १९,१७६ भूमिहीन तथा सुकुम्बासीलाई निस्सा वितरण गरिसकेको छ। तीमध्ये ४०० जना पृथ्वीचोक क्षेत्रमै बसोबास गरिरहेका छन्।

आचार्यको प्रतिबद्धता :

बसपार्क निर्माणमा ढिलाइ सह्य नहुने

सम्पूर्ण क्षेत्र प्रयोग गरेर अत्याधुनिक बसपार्क निर्माण

सबै पक्षको सहयोग आवश्यक

“पोखराको समृद्धिका लागि हामी मेसिन भएर काम गर्दैछौं,” प्रमुख आचार्यले भने, “जाने बेलासम्म तपाईंहरूले परिणाम देख्न पाउनुहुनेछ।”

वर्खायामपछि फिर्के खोलाघर खाली गरिने
फिर्के खोलाघरमा अतिक्रमण बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले मनसुन सकिएलगत्तै खोलाघर खाली गर्ने अभियान सुरु गरिने जानकारी दिनुभयो। यसअघि अदालतले रोक लगाए पनि हाल ‘गो अहेड’ दिएकाले काम अघि बढ्ने उहाँको भनाइ थियो।

उज्यालो पोखरा अभियान अन्तर्गत २३ स्थानमा हाइमास्ट बत्ती जडान भइसकेको र अभियानलाई आगामी वर्षमा पनि निरन्तरता दिइने उहाँले बताउनुभयो।

कार्यक्रममा नागरिकका चासो–प्रश्नहरू :

सार्वजनिक जग्गा अतिक्रमण

वडामा प्राविधिक जनशक्ति अभाव

पशुबधशाला बन्न नसक्नु

खानेपानी आपूर्तिमा समस्या

शहरी स्वास्थ्य केन्द्रमा औषधिको अभाव

समानुपातिक विकासको अभाव

महानगर प्रवक्ता मोति तिमिल्सिनाले अहिले महानगरको आधार बलियो भएको र बाँकी कार्यकालमा जनताले प्रत्यक्ष परिवर्तन अनुभूत गर्ने गरी काम गरिने प्रतिबद्धता जनाउनुभयो।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link