Skip to content
Pokharapress Logo
२ श्रावण २०८३, शनिबार

शेखर पक्षको बैठक: ‘अनुशासन’ होइन, ‘प्रतिशोध’को रणनीति भनेर बुझियो

loading views..
Nepal Telcome

काठमाडौं, असार २६ गते। नेपाली कांग्रेसभित्रको इतर समूहले पार्टी अनुशासन समितिको पछिल्लो कारबाहीलाई ‘राजनीतिक प्रतिशोध’को रूपमा लिँदै आज नेता शेखर कोइरालाको सचिवालयमा आपत्कालीन बैठक बोलाएको छ।

विशालनगरस्थित सचिवालयमा जारी बैठकमा नेता कोइरालासहित उपसभापति धनराज गुरुङ, सहमहामन्त्री बद्री पाण्डे, जीवन परियार, बलबहादुर केसी, सञ्जय गौतम र केही मन्त्रीहरूको उपस्थिति रहेको कोइरालाका स्वकीय सचिव दिनेश चन्द्र थपलियाले जानकारी दिएका छन्। बैठकको मूल एजेन्डा भने स्पष्ट छ, संस्थापन पक्षको एकपक्षीय कारबाहीविरुद्ध रणनीति तय गर्नु।

अनुशासन समितिले बुधबार लुम्बिनीका महामन्त्री विक्रम खनाल, पूर्वमन्त्री कुमार खड्कासहित २३ जनालाई कारबाही गर्‍यो, जसमध्ये अधिकांश इतर समूहसँग सम्बद्ध छन्। समितिमा तीनजना संस्थापन र दुईजना इतर समूहका सदस्य छन् , बहुमतको नाममा अल्पमत कच्याक्क काटिएको छ।

इतर समूहको आरोप छ: “अनुशासनको नाममा असहमति बोक्नेलाई सिध्याउने खेल सुरु भएको छ। पार्टीभित्र बहस होइन, आदेश पालना गर्नेलाई मात्रै स्थान दिइँदैछ।”

कांग्रेसभित्रको यो घट्ना अनुशासन भन्दा पनि आन्तरिक असहिष्णुता र सत्तालिप्साको खतरनाक संकेतको रूपमा हेरिएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link