Skip to content
Pokharapress Logo
३० बैशाख २०८३, बुधबार

कांग्रेसको अनुशासन कारबाही : कास्कीका नेता निलम्बन र निष्कासित

loading views..
Nepal Telcome

पोखरा,असार २६गते। कांग्रेस केन्द्रीय अनुशासन समितिले निर्वाचनमा पार्टी विरोधी गतिविधिमा संलग्न रहेको भन्दै कास्कीका तीन नेतामाथि कारबाही गरेको छ। पूर्वसभापति कृष्ण केसीलाई तीन महिना निलम्बन, पूर्वमन्त्री कुमार खड्कालाई एक वर्ष निष्कासन, र वडा सदस्य भावना श्रेष्ठलाई छ महिना निलम्बन गरिएको हो।

कारबाहीको सिफारिस कांग्रेस सांसद किशोरदत्त बराल र बिन्दुकुमार थापाले गरेका थिए। अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाद्वारा जारी विज्ञप्तिमा देशभरका कैयौं नेताहरू पनि कारबाहीमा परेको जनाइएको छ।

फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै नेता कृष्ण केसीले “०८४ मा भेटौंला” भन्दै मैदान नछोड्ने अडान दोहोर्याएका छन्। सामाजिक सञ्जालमा कांग्रेसको संगठन झन् कमजोर बनाउने निर्णय भन्दै मिश्रित प्रतिक्रिया देखिएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link