Skip to content
Pokharapress Logo
१५ श्रावण २०८३, शुक्रबार

दुई प्रतिशत भाग्यमानीले महिला लघु वित्तको आइपिओ पाए

loading views..
Nepal Telcome

पोखरा। महिला लघुवित्त वित्तीय संस्थाको प्राथमिक सेयर (आईपीओ) बाँडफाँड भएको छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले शुक्रबार आइपिओ निष्काशन गरेको हो । उक्त कम्पनीको आइपीओमा १५ लाख ४० हजार ३५ जनाको आवेदन परेको थियो । जसमध्ये १५ लाख ३६ हजार ६ सय ८२ जनाको आवेदन सदर भएकोमा ३७ हजार ५ सय लगानीकर्ताले मात्र १० कित्ताका दरले शेयर हात पारेका छन् । यो आएपिओ माग गर्दै आवेदन दिनेको जम्मा २ प्रतिशत मात्र हो ।

महिला लघु वित्तले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता साधारण सेयर निष्काशन गरेको थियो । जसमध्ये १ सय ५३ कर्मचारीका लागि ५ हजार कित्ता, र सामूहिक लगानी कोषका लगानीकर्ताका लागि २० हजार कित्ता रु बाँकी सर्वसाधारणलाई छुट्याइएको थियो । यसैबीच आइपिओको नतिजा हेर्न समस्या भएको  छ।सञ्चार माध्यमलाई आइपिओको नतिजा उपलब्ध नगराउने धितोपत्र बोर्डको निर्देशनका कारण यो पटक आवेदकलाई नतिजा हेर्न समस्या भएको हो ।

बोर्डको निर्देशनपछि शेयर निष्काशनकर्ता कम्पनी, शेयर निष्काशन तथा बिक्री प्रबन्धकको वेवसाइट वा मेरो शेयरको एप्सबाट मात्र नतिजा हेर्न सकिने भएको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link