Skip to content
Pokharapress Logo
२९ बैशाख २०८३, मंगलवार

प्रचण्डको पिएसओ फेरिए, सुरक्षा कमाण्डमा डीएसपी दिपक सुवेदी

loading views..
Nepal Telcome

काठमाडौं, २ साउन। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पर्सनल सेक्युरिटी अफिसर (पिएसओ) फेरिएका छन्। प्रहरी प्रधान कार्यालयले हालै उनलाई सुरक्षा दिने जिम्मेवारी डीएसपी दिपक सुवेदीलाई दिएको छ।

डीएसपी सुवेदी यसअघि नेपाल प्रहरीको केन्द्रीय विशेष कार्यदलमा कार्यरत थिए। अबदेखि उनले प्रचण्डको निजी सुरक्षाको नेतृत्व सम्हाल्नेछन्।

यसअघि प्रचण्डको सुरक्षामा खटिएका डीएसपी सिद्धराज न्यौपानेलाई सिंहदरबार सुरक्षा गणमा सरुवा गरिएको प्रहरीले जनाएको छ। उनी २०७९ सालको साउनमा प्रचण्डको पिएसओको रूपमा खटिएका थिए। लगभग तीन वर्षपछि उनी सरुवा भएका हुन्।

स्रोतका अनुसार यो नियमित सुरक्षा व्यवस्थापन प्रक्रिया अन्तर्गत गरिएको परिवर्तन हो।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link