Skip to content
Pokharapress Logo
१३ कार्तिक २०८३, शुक्रबार

नेकपा (माओवादी केन्द्र) कास्की क्षेत्र नं. १ को बैठक लेखनाथ होराइजनमा सम्पन्न

loading views..
Nepal Telcome
नदीपुर दुध

पोखरा, ४ साउन । नेकपा (माओवादी केन्द्र) कास्की क्षेत्र नं. १ को क्षेत्रीय बैठक शनिबार लेखनाथस्थित होराइजनमा सम्पन्न भएको छ।

बैठकमा क्षेत्रीय संयोजक, सचिव तथा जिल्ला समन्वय समितिसँग सम्बन्धित समसामयिक राजनीतिक र सांगठानिक विषयमा गहन छलफल गरिएको थियो। क्षेत्रीय संयोजकको सचिवालयले दिएको जानकारी अनुसार बैठकले संगठनात्मक सुदृढीकरण, सांगठानिक विस्तार, राजनीतिक गतिविधिको प्रभावकारिता र आगामी कार्यक्रमहरूबारे विभिन्न प्रस्तावहरूमाथि विस्तृत बहस गरेको थियो।

जिल्ला समन्वय समितिको भूमिका, समन्वय प्रक्रियाको प्रभावकारिता, र नेतृत्व विकासबारे समेत कार्यकर्ताहरूबीच सक्रिय छलफल भएको बैठकमा महत्वपूर्ण निष्कर्षहरू निकालिएको बताइएको छ।

बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा कास्की जिल्ला इन्चार्ज नेत्रनाथ अधिकारी ‘हिमाल’, संविधानसभा सदस्य राजकाजी गुरुङ ‘करण’, संविधानसभा सदस्य तथा पोखरा महानगर इन्चार्ज तेजकुमारी पौडेल, केन्द्रीय सदस्य तथा कास्की क्षेत्र नं. १ की इन्चार्ज सोमती गुरुङ, माओवादी केन्द्र केन्द्रीय अनुशासन आयोग सदस्य एवं वरिष्ठ पत्रकार कोमलनाथ बराल, कास्की जिल्ला समन्वय संयोजक बिश्व लामिछाने, समन्वय समितिका सचिव बिनय थापा, कास्की भूमि आयोगका पूर्व अध्यक्ष गंगाप्रसाद पोखरेल लगायत विभिन्न तहका पार्टी पदाधिकारी, जनवर्गीय संगठनका प्रतिनिधि तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

पार्टी स्रोतका अनुसार छलफलबाट निष्कर्ष निकाल्दै संगठनात्मक संरचना थप सुदृढ पार्ने, जनसम्पर्क विस्तार गर्ने र आगामी राजनीतिक कार्यक्रमहरूलाई प्रभावकारी रूपमा अघि बढाउने निर्णय गरिएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link