Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा चलचित्र ‘महाभोज’ हेरेपछि भावुक प्रतिक्रिया : “समाज परिवर्तनका योद्धाहरूको कथा बोलेको छ”

loading views..
Nepal Telcome

काठमाडौं, ४ साउन । नेपालका पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालै प्रदर्शनमा आएको नेपाली चलचित्र ‘महाभोज’ हेरेपछि फिल्मले दिएको सामाजिक सन्देशप्रति गहिरो सम्मान व्यक्त गरेका छन्।

लामो समयपछि हलमै बसेर नेपाली चलचित्र हेर्ने अवसर पाएको बताउँदै प्रचण्डले सामाजिक सञ्जालमार्फत आफ्नो अनुभूति साझा गरेका छन्। उनले चलचित्रलाई “चाखलाग्दो, तथ्यपरक, यथार्थपरक र सन्देशमूलक” भन्दै प्रशंसा गरेका छन्।

“त्याग र बलिदानबाट सामन्तवादको अन्त्य भए पनि यसको केही अवशेष अझै बाँकी छन्। ‘यही देशमै केही गर्नुपर्छ, गर्न सकिन्छ’ भन्ने अठोटका साथ समाज परिवर्तनका लागि लडेका योद्धाहरू अझै पनि सामन्तवादका विरुद्ध लड्ने साहस राख्छन्, र एक दिन समाज परिवर्तन गरेरै छाड्छन् भन्ने सन्देश यो चलचित्रले दिन खोजेको छ,” प्रचण्डले लेखेका छन्।

उनले चलचित्रमा समेटिएको समाज रूपान्तरणको गहिरो सन्देशलाई जीवन्त अभिनय र कलात्मक प्रस्तुतिमार्फत दर्शकसम्म पुर्‍याउने सम्पूर्ण टिमप्रति आभार व्यक्त गरेका छन्।

“यस सन्देशलाई जीवन्त अभिनयमार्फत प्रस्तुत गर्ने सम्पूर्ण कलाकार मित्रहरू, निर्माता, निर्देशक तथा निर्माण टिमका सबै सदस्यहरूलाई म मनदेखि धन्यवाद दिन चाहन्छु,” प्रचण्डको भनाइ छ।

उनले विशेष रूपमा आजको पुस्ताले यो चलचित्र एकपटक अवश्य हेरेर त्यसको गहिरो सन्देश बुझ्नुपर्नेमा पनि जोड दिएका छन्। “आजको पुस्ताले यो चलचित्र एक पटक अवश्य हेरेर यसको गहिरो भाव बुझुन् भन्ने मेरो हार्दिक अपिल छ,” उनले उल्लेख गरेका छन्।

‘महाभोज’ ले नेपाली समाजको विद्यमान संरचनात्मक असमानता, वर्गीय विभाजन र परिवर्तनको आकांक्षालाई कलात्मक शैलीमा प्रस्तुत गर्दै दर्शकको मन जितेको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link