Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने

loading views..
Nepal Telcome
 पोखरा,८ साउन। अध्ययन केन्द्रका साथै सिकाईका विविध पाटालाई समेटेको पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयमा  यस वर्ष टेक एज युथ परियोजना सञ्चालन गरिने भएको छ ।
रिड नेपाल अन्र्तगतको टेक एज युथ परियोजना र दीपशिखा सामुदायिक पुस्तकालय बिच परियोजना सञ्चालन गर्ने सम्बन्धमा सम्झौता पत्रमा विहिवार हस्ताक्षर सम्पन्न  भएकाले परियोजना सञ्चालन हुने भएको हो ।
पुस्तकालयको सभाहलमा आयोजित एक कार्यक्रमका बिच पुस्तकालयका तर्फबाट अध्यक्ष कृष्णहरि भण्डारी र परियोजनाका तर्फबाट रिड नेपालकी कार्यक्रम संयोजक भाग्यश्री विष्टको उपस्थितिमा हस्ताक्षर गरिएको हो ।
सम्झौता अनुसार परियोजना बाट लक्षित समुदायका बिद्यालय बाट पिछडिएका, प्रविधिको पहुच नपुगेका  १३ देखि २२ वर्षसम्मका  अध्ययन गदै वा अध्ययन गर्न छोडेका किसोरकिसोरी र फरक क्षमता भएका  समेत समेटिने गरी प्रत्यक्ष रुपमा ५५ जना  लाभान्वित हुने भएका छन्  ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं २९ का वडा अध्यक्ष श्रीप्रसाद गुरुङ्गले  वडाको तर्फबाट सहयोग गर्न तयार रहेको वताए । कार्यक्रममा पोखरा महानगरपालिकाका कार्यपालिका सदस्य निर्मला पौडेल , लेखनाथ पत्रकार मञ्चका अध्यक्ष विष्णुहरि पौडेल, जनप्रकाश माविका प्रअ शेखरनाथ शर्मा,  गोगन माविका प्रअ मोहनराज बराल, पुस्तकालय व्यबस्थापन समितिका पदाधिकारीहरु ,कर्मचारीहरुको उपस्थिति रहेको उक्त कार्यक्रमको सञ्चालन पुस्तकालयका सचिव पदम प्रसाद अधिकारीले गरेका थिए । आठ लाख रुपैया खर्च हुने उक्त कार्यक्रमका लागि परियोजनाले चार लाख बराबरको खर्च र बाँकी चार लाख पुस्तकालयले व्यवस्था गर्नुपर्ने भएकाले स्थानीय तह र संघसंस्थाले सहयोग गर्ने अपेक्षा आफूहरुले राखेको अध्यक्ष भण्डारीले वताए ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link