Skip to content
Pokharapress Logo
३२ असार २०८३, बिहीबार

गण्डकीका पाँच गाउँपालिकासँग चीनका शहरहरूसँग सहकार्य विस्तारकाे पहल

नेपाल–चीन प्रतिष्ठानको प्रथम तयारी बैठक बन्दिपुरमा सम्पन्न

loading views..
Nepal Telcome

बन्दिपुर, २३ साउन। नेपाल–चीनबीचको सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्दै गण्डकी प्रदेशका पाँच वटा गाउँपालिकाहरूले चीनका शहरहरूसँग संयुक्त सहकार्य स्थापना गर्न पहल थालेका छन्। यसै सन्दर्भमा आज बन्दिपुर गाउँपालिकाको आयोजनामा, गण्डकी प्रदेशका पूर्व कृषि मन्त्री लेख बहादुर थापा मगरको संयोजन तथा नेपाल–चीन प्रतिष्ठानको आमन्त्रणमा नेपाल चीन मेअर्स फोरमको तयारी बैठक सम्पन्न भएको छ।

बैठकमा गण्डकी गाउँपालिका, शहीद लखन गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, रुपा गाउँपालिका र आयोजक बन्दिपुर गाउँपालिकाका प्रतिनिधिहरूको साथै कार्यक्रममा हेभी इक्विपमेन्ट ब्यबसायी महासङ्घको अध्यक्ष एबम नेपाल चीन प्रतिष्ठानका मानार्थ सदस्य उमाकन्त शर्मा लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन नेपाल–चीन प्रतिष्ठानका सहसचिव सबल दाहालले गर्नुभएको थियो। बैठकमा प्रतिष्ठानका अध्यक्ष मेल्सम ओझाले ‘नेपाल–चीन सम्बन्ध र स्थानीय तहमा सहकार्यका सम्भावना’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभयो।

बैठकमा सहभागी चीनको युनान प्रान्तस्थित छुचिङ शहरको विदेश मामिला विभागकी उप-निर्देशक सुवाङ स्वेछिङले नेपालका पालिकाहरूसँग बहुआयामिक सम्बन्ध र सहकार्य गर्न चीन इच्छुक रहेको स्पष्ट पार्नुभयो।

यस बैठकले स्थानीय तह स्तरमै अन्तर्राष्ट्रिय सहकार्यको ढोका खोल्ने र भविष्यमा शैक्षिक, पर्यटन, कृषि, पूर्वाधार विकास लगायत विभिन्न क्षेत्रको लगानी र ज्ञान आदान–प्रदानलाई बढावा दिने विश्वास लिइएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link